एसियाली बजारमा चर्चित बन्दै यामाहा R125 मोटोजीपी एडिसन, आउला नेपाल

यामाहाले आर-१२५ को मोटोजीपी भर्सन सार्वजनिक गरेको छ । गतसाता सार्वजनिक भएको यो मोटरसाइकल निक्कै चर्चित भएको छ । यामाहाले हरेक वर्ष आर सिरिज मोडलको मोेटोजीपी भर्सन बनाउँदै आएको छ । 

आर-१२५ मोटोजीपी इडिसन रेगुलर मोडल जस्तै भएपनि ग्राफिक्समा भने परिवर्तन गरिएको छ । कम्पनीले आर-१२५ मा मोस्टर लोगो दिएको छ । 

आगामी साताबाट आर–१२५ मोटोजीपी एडिसन बिक्री हुने अनुमान गरिएको छ । विभिन्न एसियाली मुलुकहरुमा बिक्री भइरहेको यो मोडल नेपालमा कहिलेदेखि बिक्री हुन्छ भन्ने यकिन गर्न सकिएको छैन । 

भारतमा नै यसको बिक्री वितरण सुरु नभएकाले नेपाली बजारमा आउने वा नआउने निश्चित भएको छैन ।

यामाहाले गत वर्ष आर–१५ भर्सन ३ मोटोजीपी एडिसन ल्याएको थियो । यसपटक मोटोजीपी एडिसनमा ल्याएको आर–१२५ मा डूअल हेडल्याम्प तथा एलइडी टेलल्याम्प रहेको छ । यो मोटरसाइकलमा विभिन्न विशेषताहरु समावेश गरिएको छ । 

आर-१२५ मा १२४.७ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ, जसले ९ हजार आरपीएममा १४.८ बीएचपी र ८ हजार आरपीएममा १२.४ एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै यसमा ६ स्पीड गियरबक्स रहेको छ । 


Back_to_top