एक्स्चेन्ज मार्फत यामाहाको बाइक खरिदमा १५ हजार थप मूल्यांकन, यस्ता छन् अन्य अफर

Not found

काठमाडौं । यामाहाको नेपालका लागि आधिकारिक वितरक मोरङ अटो वक्र्सले एक्सेञ्ज एण्ड अपग्रेड योजना ल्याएको छ ।

यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजना अन्तर्गत यामाहा बाइकसँग जुनै ब्राण्डको प्रयोगमा आइसकेका बाइकहरु साट्न सकिने छ । देशभर रहेका सबै यामाहा शोरुमहरुमा यो योजना यही कार्तिक ६ गतेदेखि ८ गतेसम्म लागू गरिएको कम्पनीले जनाएको छ । 

‘चाडपर्व हाम्रो घर आँगनमै आइसकेको छ र दशैं तिहार एक पर्वमात्र नभई आफ्नो जीवनस्तर बदल्ने अवसर पनि हो । यसैले हामीले सबै बाइकप्रेमीहरुलाई वहाँहरुको जीवनस्तर बदल्ने चाहनामा साथ दिन यो योजना अघि सारेका हौं । हामीलाई विश्वास छ स्टाइलिस, माइलेजको गुरु, मजबुत एवं हर तरहको लागि उपयुक्त यामाहासँग जोडिन आतुर आजका युवाहरुलाई यस योजनाले ऊर्जा प्रदान गर्नेछ, योजनाका सम्बन्धमा प्रकाश पार्दै एमएडब्लुका बजार व्यवस्थापक बिक्रम शर्मा पौडेलले भने ।

यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजनामा पुराना जुनै ब्राण्डका टू–ह्वीलरहरुको न्यूनतम मुल्याँकन ३० हजार भन्दा कम हुने छैन साथै प्रचलित बजार मुल्यमा १५ हजार थप गरेर मुल्याँकन गरिनेछ । यतिमात्र नभई यामाहा बाइक खरीदमा ७ हजार रुपैयाँदेखि १ लाखसम्मको नगद छुट, हरेका दिन एक जनालाई १ लाख, हरेक हप्ता एक जनालाई आइफोन एक्सएस तथा बिभिन्न एशोसरिजहरु सित्तैंमा तथा शोरुम मै फाइनान्स सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । 



image not found