यामाहाले ल्यायो FZs V3 को डार्कनाइट एडिसन

केही दिन अगाडि नयाँ भारतीय प्रदुषण मापदण्ड अनुसार बीएस ६ इन्जिनमा सार्वजनिक भएको यामाहा एफजेडएस भी ३ को डार्कनाइट एडिसन सार्वजनिक भएको छ । 

कम्पनीले रेगुलर मोडलको तुलनमा डार्कनाइटको मूल्य २ हजार भारु बढी निर्धारण गरेको छ । बीएस ६ इन्जिनयुक्त एफजेडएस भी ३ को मूल्य १ लाख १ हजार भारु कायम गरिएको छ भने डार्कनाइटको मूल्य १ लाख ३ हजार भारु तोकिएको छ ।

कम्पनीले डार्कनाइटको डिजाइनमा कुनै परिवर्तन गरेको छैन । तर, यसमा केही ग्राफिक्स भने परिमार्जन गरिएको छ । १६५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो बाइकमा सिट हाइट ७९० एमएम रहेको छ भने १९९० एमएम लामो रहेको छ । 

१४९ सीसी सिंगल सिलिण्डर एयरकुल्ड फियुल इन्जेक्सन इन्जिनले ७२५० आरपीएममा १२.४ बीएच र ५५०० आरपीएममा १३.६ एनएम टर्क जेनेरेट गर्छ । उक्त इन्जिनमा ५ स्पीड गियरबक्स दिइएको छ । 


Back_to_top