यामाहा FZS V3 को BS6 भर्सन नेपालमा, यस्तो छ डार्कनाइट भेरियन्टको मूल्य

काठमाडौं । यामाहा एफजेडएस भी ३ को भिन्टेज एडिशन नेपालमा विक्री सुरु भएको छ । एमएडब्ल्यु इन्टरप्राइजेजले नेपाली बजारमा एक्स कनेक्ट फिचर सहितको भिन्टेज एडिशन नेपालमा विक्री सुरु गरेको हो ।

कम्पनीले यामाहा एफजेडएस भिन्टेज एडिशन र आर १५ भी ३ को स्पेशल एडिशन भोलि औपचारिक रुपमा सार्वजनिक हुने बताएको छ भने यामाहाका सबै आधिकारिक सोरुममार्फत यसको विक्री सुरु भइसकेको छ ।

कम्पनीले बीएस ६ इन्जिन सहितको यामाहा एफजेडएस भी ३ मा ब्लुटुथ कनेक्ट फिचर भएको यामाहा एफजेडएसको ४ कलर अप्सनमा नेपाल ल्याएको हो । कम्पनीले भित्र्याएको डार्कनाइट भेरियन्टको मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ रहेको छ भने अन्य तीन कलर कलरको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।

यामाहा एफजेडएस भी ३ को भिन्टेज एडिशनमा मूख्यत यसको ग्राफिकमा परिर्वतन ल्याएको छ । यसका सिटको साइज बढाएर अझै कम्र्फट बनाएको छ भने सिटमा लेदर मेटेरियल प्रयोग भएकाले प्रिमियम फिल प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।

साथै, यसमा कम्पनीले मफ्लर कभरलाई नयाँ डिजाइन दिएको छ भने, इन्जिन कौल समेत थप गरेको छ । यसका अलावा कम्पनीले यामाहा कनेक्ट–एक्स टेक्नोलोजी प्रयोग गरेको छ ।

भिन्टेज एडिशनमा कम्पनीले कुनै पनि मेकानिकल परिवर्तन भने गरेको छैन । यसमा १४९ सीसी एसओएचसी, एयरकुल्ड, सिगंल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले १२.४ पीएस पावर तथा १३.६ एनएम टर्क जेनेरेट गर्छ ।

 


Back_to_top