यामाहा महा-एक्सचेन्ज मेला सुरु, बजार मूल्यमा थप १५ हजार पाइने

काठमाडौं । नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले मोटरसाइकलका पारखीहरुलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै यामाहा महा एक्सचेन्ज मेला सुरु गरेको छ ।

मेला काठमाडौंको भृकुटीमण्डपमा १८ गते देखि  २२ मंसिरसम्म ५ दिनका लागि संचालन गर्ने कम्पनीले जनाएको छ । यामाहा महाएक्सचेन्ज मेलामा ग्राहकले जुनसुकै ब्रान्ड र अवस्थाको पुरानो मोटरसाइकल तथा स्कुटरको प्रचलित बजार मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ थप दिने जनाएको छ । साथै, ग्राहकले ३० भन्दा बढी रिकण्डीसन हाउसबाट आफ्नो साधनको सहि मुल्याङकन पाउँने छन् ।

अन्य अफर अन्र्तगत ग्राहकले ७ हजार रुपैयाँ नगद छुट, फ्रि एसेसोरिज, अन द स्पट फाइनान्सिङ सेवा, टेस्ट राइडमा आकर्षक उपहार पनि पाउनुहुनेछ । 

‘यस महाएक्सचेन्जमेला हाम्रा उत्कृष्ट अफर र आकर्षणका साथ अझ भब्य हुने कुरामा हामी विश्वस्त छौं । यामाहा वाइकहरु, हाम्रा उपभोक्ताहरु माझ सर्वप्रिय ब्राण्ड रहन गएकोमा कुनै दुइ मत छैन । यस यामाहा महाएक्सचेन्ज मेला योजना मार्फत देशकै सर्वकृष्ट बाइकहरु हाम्रा उपभोक्तामाझ पु¥याउन हामी प्रतिवद्ध छौ’ महा एक्सचेन्ज मेलाका बारेमा बोल्दै यामाहाका मार्केटिङ हेड विक्रम पौडेलले भने ।


Back_to_top