साझाले ५ सय यात्रा कार्ड वितरण गर्दै, यसरी तिर्ने बस भाडा

Not found

काठमाडौं । साझा यातायातले ५ सय यात्रा कार्ड विक्रीमा राखेको छ । परिक्षणका क्रममा ५ सय यात्रा कार्ड वितरण गरेको साझा यातायातले  थप ५ सय यात्रा कार्ड वितरण गर्न थालेको हो । 

यात्रा कार्ड वितरणको संख्यालाई विस्तारै वृद्धि गर्दै लइजाने साझा यातायातका सञ्चालक भूषण तुलाधारले बताए । सोमबार भएको यात्रा कार्डको उद्घाटन लगतै यात्रा कार्ड साझा यातायातका बसमै सहचालक मार्फत खरिद गरि प्रयोग गर्न सकिने उनले जानकारी दिए । 

हाल २ सय रुपैयाँ पर्ने उक्त यात्रा कार्डको मूल्य भविष्यमा घटाउदै लैजाने उनले बताए । ‘अहिले सुरुमा कार्ड लिदा २ सय रुपैयाँ पर्छ तर, यसलाई पछि अझ सस्तो बनाउँदै लैजाने छौं,’ तुलाधारले भने । 

२ सय रुपैयाँमा कार्ड किन्दा २ सय रुपैयाँकै रिचार्ज आउनेछ । कार्ड किनिसके पछि जति रकम पनि रिचार्ज गर्न सकिने उनले जानकारी दिए । 

साझाका सबै बसमा यात्रा कार्डको व्यवस्था भएको उनले दाबी गरे । यससँगै साझा यातायातका सहचालकको काम समेत बढेको छ । सधै यात्रुबाट पैसा उठाउने साझाका सहचालकले अब भने यात्रा कार्ड वितरण, रिचार्ज गर्ने तथा रकम दिने यात्रुबाट रकम लिने काम समेत गर्नुपर्ने छ । 

साझाका बसमा भएका कार्ड रिडर मेसिनमा प्रिन्टको व्यवस्था भने रहेको छैन । यस्तै साझाले यात्रा कार्डसँगै नगद भाडा समेत टिकटको व्यवस्था गरेको छ । साझाका नयाँ २० वटा बससहित ७१ वटा बस सञ्चालनमा ल्याएको छ । 



image not found