माइतिघरको बिराेध प्रर्दशनले काठमाडौंको यी सडकमा जाम

काठमाडौं । सरकारले हालै ल्याएको गठी बिधेयकको बिरोधमा अहिले माइतिघरमा प्रदर्शन भइरहेको छ ।

सरकारले हिजो नै गुठी बिधेयक भने फिर्ता लिइसकेको छ । तर पुर्व निर्धारित यो प्रर्दशनमा भने अहिले काठमाडौं बासी सस्कृतिको जर्गैन गरौ भन्ने नाराका साथ उपस्थिती भएका छन् ।

माइतिघर मण्डलमा भइरहेको यो प्रर्दशनमा हजारौ मानिसहरुको उपस्थिती रहेको छ । यसले गर्दा काठमाडौंको सडकमा ठुलो टाफिक जाम भइरहेको छ ।

बानेश्वर तर्फबाट न्यूरोड सुन्धारा जाने सडक खण्ड पूर्ण रुपमा जाम रहेको छ ।

त्यस्तै थापाथली हुँदै माइतिघर तर्फको सडकमा पुर्ण जाम रहेको छ । पुतली सडक, बाजबजार, अनामनगर, सिहंदरवार, बिजुली बजार एरियमा यसको असर परेको छ ।

 माइतिघर भएर चल्ने सवारीसाधनलाइृ बैल्कपीक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले सुझाव दिएकोे छ । 


Back_to_top