यातायात व्यवसायी महासंघले भन्यो-५ दिनभित्र कम्पनीमा दर्ता गर्नू

काठमाडौं । २०७५ साउनमै संस्दा दर्ता ऐन अन्तर्गत दर्ता भएका समितिहरुलाई कम्पनीमा लाने भनिएको थियो । तर व्यवसायीको आग्रहमा र सरकारले ठोक कदम चाल्न नसक्दा पटक पटक समितिको म्याद यही जेठ मसान्तसम्म रहेको छ । 

यस्तैमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंले आफू मातहतका यातायात समितिहरुलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन सर्कुलर नै जारी गरेको छ । महासंघले सूचना जारी गर्दै ५ दिन भित्र कम्पनीमा दर्ता भई महासंघलाई जानकारी गराउन भनेको छ । 

‘महासंघ र सरकारबीच भएको सहमति अनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासघंका सदस्य संघ÷समितीहरुले कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १ (क) अनुसार कम्पनी दर्ता गर्न गर्न महासंघले मातहतका समितिहरुलाई परिपत्र गरेको हो । 

व्यवासयीलाई विगतमै भएको निर्णयका आधारमा हामीले महासंघ अन्तर्गतका समितिहरुलाई कम्पनीमा जान भनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । 

संशोधन भएको कम्पनी ऐन अनुसार असिमित संख्यामा यातायत कम्पनीको शेयर सदस्य राख्न पाइने व्यवस्था गरिएको छ । विगतमा १ सय भन्दा बढी शेयर सदस्य राख्न नपाइने व्यवस्था रहेको छ । व्यवसायीको माग अनुरुप सरकारले कम्पनी ऐन संशोधन गरे पछि व्यवसायीहरु समितिलाई कम्पनीमा परिणत गर्न राजी भएका हुन् । 

महासंघले संस्थामा रहेका यातायात व्यवसायीलाई शेयर सदस्य बनाई उक्त बनाईएको शेयर सदस्यको विवरण यातायात व्यवस्था कार्यालयमा पेश गरी सिफारिस लिनुपर्नेछ भनेको छ  । उक्त सिफारिस र अन्य कागजात सहित कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गराई सबै समितिहरुलाई ५ दिन भित्र महासघंमा जानकारी गराउन सूचना मार्फत आग्रह गरिएको छ ।


Back_to_top