भारतीय बजारमा मारुती सुजुकी एक्सएल ६ सार्वजनिक भएको छ । विभिन्न चार भेरियन्टमा सार्वजनिक भएको यो मोडलको सुरुवाती मूल्य ९ लाख ७९ हजार भारु तोकिएको छ ।
कम्पनीले एक्सएल ६ को जेटा एमटी भेरियन्टको मूल्य ९ लाख ७९ हजार, जेटा एटी भेरियन्ट १० लाख ८९ हजार, अल्फा एमटी १० लाख ३६ हजार र अल्फा एटी ११ लाख ४६ हजार भारु निर्धारण भएको हो ।
यसमा इन्र्टग्रेटेड एलइडी डे टाइम रनिंग ल्याम्प, नयाँ बम्पर, क्रोम ट्रिटमेन्ट, दुई वटा होरीजेन्टल क्रोम लाइट दिइएको छ । मेसिन फिनीश अलोय ह्वील, टेल लाइट क्लस्टर, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्स पार्किङ क्यामरा, स्टेयरिंग माउन्टेड कन्ट्रोल, क्रुज कन्ट्रोलजस्ता विशेषता यस कारमा पाउन सकिन्छ ।
कम्पनीले यसमा एबीएस, इबीडी, अटोमेटिक हेडलाइट, अटोमेटिक वाइपर, लेदर सिट, सनरुफ र इलेक्ट्रीकल्ली कन्ट्रोल सिटको विशेषता दिएको छ ।
यसमा ७ इन्चको इन्फोटेनमेन्ट सिस्टमसँगै एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने विशेषता दिइएको छ ।
एक्सएल–६ मा उपलब्ध के१५बी एसएचभीएस इन्जिनले ६ हजार आरपीएममा १०४.७ पीएस पावरका साथै ४४ सय आरपीएममा १३८ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । यसको इन्जिनमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।
गाडीको लम्बाई ४४४५ एमएम, चौडाई १७७५ एमएम, उचाई १७०० एमएम रहेको छ भने, २७ सय एमएमको ह्वील वेश दिइएको छ ।

