काठमाडौं । हिरो मोटो कर्पको पछिल्लो उत्पादन एक्सट्रीम २०० एस नेपाली बजारमा सार्वजनिक गरिएको छ । कम्पनीले पुरानो एक्स्ट्रीम २०० आरभन्दा यसलाई विल्कुलै फरक डिजानमा तयार गरेको छ ।
नाडा अटो शोमा प्रदर्शनी गरिएको एक्सट्रीम २०० एसलाई कम्पनीले नेकेड रोडस्टार डिजाइन दिएको छ । बाइकको फ्रन्टमा अग्लो विन्ड स्कृनका साथै फ्रन्टमा हेडलाइटदेखि इन्जिनसम्म पुरा भाइजरले ढाकिएको छ ।
यसले हिरो एक्सट्रीम २०० एसलाई स्पोर्टी लुक्स प्रदान गरेको छ । साथै कम्पनीले यसमा गरेको अर्को ठुलो परिर्वतन इन्स्टुमेन्ट कल्स्टरमा हो ।
यसमा रहेका साधारण एनालग कल्स्टरलाई कम्पनीले नयाँ सार्वजनिक गरेको बाइक एक्सपल्सको ब्लुटुथ कनेक्टिभिटी सहितको डिजीटल कल्स्टरले विस्थापन गरेको छ । यो बाइक भारत प्रदुषण मापदन्ड बीएस ६ अनुरुप बनाएको कम्पनीले जनाएको छ ।
१९६ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन एसओएचसी इन्जिनले १८.४ पीएस पावर तथा १७.१ एनएम टर्क जेनेरेट गर्छ । यसको मूल्य भने अझै निर्धारण नभएको नेपालको आधिकारीक बितरक एनजीएमले जनाएको छ ।
यो बाइकलाई कम्पनीले सिंगल च्यानल एबीएस सहित बजारमा ल्याएको छ ।

