सेल्टोसको बिक्रीबाट हौसिएको कियाले भारतमा ५ नयाँ कार ल्याउने

किया मोटर्सले भारतीय बजारमा पाँच नयाँ मोडलका कार ल्याउने तयारी गरिरहेको बताएको छ ।

कम्पनीले भारतीय बजारमा सोल इभी, निरो इभी, सोरान्टो, सिड र स्टिन्जरसहित अर्काे एक एमपीभी कार्निभल ल्याउने बताएको छ । कम्पनीले कानिर्भललाई अटो एक्स्पो २०२० मा शोकेस गर्ने छ । 

पछिल्लो समय कियाले भारतीय प्लान्टबाट उत्पादन गरेको सेल्टोसको बिक्रीले कम्पनी निकै हौसिएको छ । किया सेल्टोसको करिब ४२ हजार यूनिट बुकिंग रहेको भारतीय मिडिया अटोकार इन्डियाले उल्लेख गरेको छ । सेल्टोसको सफलतालाई ध्यानमा राख्दै कम्पनीले थप नयाँ मोडल भित्र्याउने भएको हो ।

कियाले आफ्नो इलेक्ट्रीक उत्पादनलाई भारतीय बजारमा बढवा दिन कुने कसर बाँकी नराखने र आगामी ३ वर्ष भित्र बजार हिस्सा ५ प्रतिशत पुर्याउने लक्ष्यका साथ काम गरिरहेको छ । 


Back_to_top