अटो एभले मनायो सुजुकी सर्भिसकोे दश वर्ष

काठमाडौं । मारुती सुजुकीकाे काठमाडौंका लागि आधिकारिक सर्भिस सेन्टर अटो एभ प्रालिले आफ्नो स्थापनाको दशौं वार्षिकोत्सव मनाएको छ । कम्पनीले शनिबार आयोजित एक कार्यक्रममा लामो समयदेखि कार्यरत कर्मचारीका साथै आफ्ना नियमित ग्राहकहरुलाई समेत सम्मान गरेको छ ।

उक्त कार्यक्रममा  प्रमुख अतिथि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष कृष्णप्रसाद दुलालले अटो एभको व्यवसाय देशभर  फैलियोस् भन्ने कामना व्यक्त गरेका थिए । कार्यक्रममा बाेल्दै दुलाले  व्यवसायीले प्रदान गर्ने राजस्वका कारण नै सरकार सञ्चालन हुने  भएकोले अटोमोबाइल व्यवसायीहरुलाई समेत राज्यले व्यवसाय गर्ने उचित वातावरण बनाउनु पर्ने र व्यवसाय संचालनमा प्राेत्साहन गर्नुपर्ने बताए ।

नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पका आफ्टर सेल्स सर्भिस हेड श्याम श्रेष्ठले अटो एभमा हाल मासिक रुपमा औसत ४ सय गाडी सर्भिसिङ हुने गरेको बताउदै यसको सबै श्रेय अटो एभको व्यवस्थापन र कार्यरत उत्कृष्ट मेकानिक्सहरुलाई जाने बताए । सुजुकीले आगामी दिनमा समेत यस्तै गुणस्तरीय वर्कसप स्थापना गर्दै जाने उनले बताए ।

अटो एभका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देलले  सवारी साधनमा सधै जेन्युइन पार्ट्स प्रयोग गर्न र गुणस्तरीय वर्कसपमा मात्र गाडी मर्मत गर्न अनुरोध गरे ।   ग्राहक र मेकानिक्सहरुको साथ र सहयोगले दश वर्षसम्म अनवरत रूपमा सुजुकीका ग्राहकहरुलाई सेवा गर्न सक्षम रहेको उनले वताए । 

यसै अवसरमा कम्पनीले बालवालीकाहरुको शिक्षा र सेवाका लागि कार्यरत प्रणवानन्द आश्रमलाई २१ हजार १ रुपैयाँको चेक हस्तान्तरण गरेको थियो । 


Back_to_top