काठमाडौं । यामाहा एफजेड २५ को मोटोजीपी भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले यो मोटरसाइकललाई डबल च्यानल एबीएससहित सार्वजनिक गरोका छ । यामाहा एफजेड २५ नेपाली बजारमा २५० सीसीमा सेग्मेन्टमा सर्वाधिक लोकप्रिय रहेको मोटरसाइकल हो ।
भारतीय बजारमा यो मोटरसाइकल एबीएस भर्सनमा केही समय अगाडि सार्वजनिक भएको थियो । नेपाली बजारमा भने यो मोटरसाइकल दशैंको अवसर पारेर यामाहाको नेपालका लागि आधिकारीक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले सार्वजनिक गरेको हो ।
एफजेड–२५ नेकेड स्ट्रीट फाइटरका रुपमा परिचित रहेको छ । यसको पावर तथा पर्फमेन्सलाई युवा वर्गले मन पराएको पाइन्छ ।
यो मोटरसाइकलमा २४९ सीसी एयर कुल्ड एसओएचसी फ्युल इन्जक्टेड इन्जिन दिएको छ । जसले ८ हजार आरपीएममा २०.९ पीएस पावरका साथै ६ हजार आरपीएममा २० एनएम टर्क उत्पादन गर्छ । यो बाइकको इन्जिनमा पाँच स्पीड ट्रान्समिसन दिइएको छ ।
यो मोटरसाइकलमा एलइडी हेडलाइट, टिएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्प्लिट सिट, वाइड प्रोफाइल टायर लगाइएको छ । यो मोटरसाइकलमा १७ इन्च आलोय ह्वील, टेलिस्कोपीक फ्रन्ट फर्क र रियर मनोसक लगाइएको छ ।
यस बाइकको सिधा प्रतिस्पर्धा बजाज पल्सर एनएस २००, टीभीएस अपाची आरटीआर २०० फोर भी, केटीएम डुक २००, सुजुकी २५० जस्ता बाइकसँग हुने छ ।
हाल नेपाली बजारमा बिक्री भइरहेको नन् एबीएस भर्सनको मूल्य ३ लाख ८९ हजार रुपैयाँ रहेको छ । मोटोजीपी भर्सनको ४ लाख ३९ हजार रुपैयाँ तोकीएको कम्पनीले जनाएको ।
हाल एफजेड २५ मोटोजीपी भर्सन स्टक नरहेको कारण ग्राहकले नजिकको यामाहा सोरुमबाट बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।

