एक महिनापछि सार्वजनिक हुँदै टाटा नेक्सन इभी, यस्तो छ नेपाल ल्याउने तयारी

टाटा मोटर्सले आगामी डिसेम्बर १६ मा कम्पनीकै पहिलो इलेक्ट्रीक कार ‘नेक्सन इभी’ सार्वजनिक गर्ने तयारी गरेको छ । टाटा मोटर्सको आधिकारिक बितरक सिप्रदी ट्रेडिङले नेपाल ल्याउने उक्त एसयूभी मार्चसम्मा नेपाल आउने अनुमान गरिएको छ । 

टाटाको नयाँ पावर ट्रेन ‘जिपट्रोन’मा आधारित यो कारको मूल्य १५ देखि १७ लाख भारु पर्ने अनुमान लगाइएको छ । यदि यही मूल्यमा यो कार आउने हो भने यसलाई ३५ लाखसम्ममा नेपालमा पाउन सकिन्छ । 

कम्पनीले अबको केही समयपछि अल्ट्रोज तथा परिमार्जित टिगोर इभीपनि बजारमा ल्याउने जनाएको छ । यी कारमा पनि नेक्सन इभीकै ब्याट्री प्याक लगाइने जनाइएको छ । 

नेक्सन इभीमा उपलब्ध वाटरप्रुफ आइपी–६७ ब्याट्रीले एकपटकको फुल चार्जमा ३०० किलोमिटर रेन्ज प्रदान गर्नेछ । यो मोडलमा लिथियम आयोन ब्याट्री सेल लगाइएको छ भने मोटरमा लिक्वीड कुल्ड सिस्टम प्रदान गरिएको छ ।

कारको ब्याट्री प्याक र मोटरमा ८ वर्षे वारेन्टी दिने कम्पनीले जनाएको छ । सुरक्षालाई मध्यनजर गर्दै हाइ स्ट्रेन्थ स्टिल र बोस्टले ब्याट्रीलाई ढाकिएको छ । 

आकर्षक पर्फमेन्स दिने नेक्सन इभी विश्वसनिय कार बन्ने कम्पनीले दावी गरेको छ । 


Back_to_top