महिन्द्रा एण्ड महिन्द्राले आफ्नो बहुचर्चित एसयूभी स्कर्पियो बजारमा उतार्ने मिति तय गरेको छ । कम्पनीले आगामी फेब्रुअरी ६ तारिखबाट भारतमा आयोजना हुने अटो एक्स्पोमा २०२० मोडल स्कर्पियो सार्वजनिक गर्ने भएको हो ।
महिन्द्राले सर्वाधिक सफल आफ्नो यो एसयूभीको एक्सटेरियर तथा इन्टेरियरमा थुप्रै परिमार्जन गरेको छ । नयाँ स्कर्पियोमा २.० लिटर लिटर डिजेल इन्जिनको प्रयोग गरेको छ । यो इन्जिनले रेगुलर मोडलमा उपलब्ध २.२ लिटर एम हवाइक युनिटलाई रिप्लेश गर्ने भएको छ । यसले १६० हर्ष पावरका साथै ३२० एनएम टर्क उत्पादन गर्छ । फोर ह्वील ड्राइभ सिस्टममा आउने यो मोडलमा ६ स्पीड म्यानुअल गियरबक्स लगाइएको कम्पनीले जनाएको छ ।
स्कर्पियोको चौथौं जेनेरेशन, इटालियन डिजाइन हाउस पिनान्फारिनाको डिजाइन हाउसमा निर्माण भएको हो । यो अवधारणा भने महिन्द्रा नर्थ अमेरिकन टेक्नीकल सेन्टरबाट प्रेरित रहेको छ । अल न्यु महिन्द्रा स्कर्पियोमा बडी अन फ्रेमको कन्स्ट्रक्शन दिइएको छ । यसको फ्रन्ट र रियरमा आकर्षक स्टाइल दिइएको छ भने स्कर्पियोको हेडल्याप परिमार्जन गरिएको छ ।
यसको इन्टेरियरमा उत्कृष्ट विशेषता दिइएको छ भने क्याबिनलाई आकर्षक ढंगबाट सजाइएको छ । आकर्षक इन्फोटेनमेन्टको विशेषता बोकेको यो एसयुभीमा एप्पल कार प्ले, एन्ड्रोइड अटो, एबीएस, इबिडी, एयर ब्याग, अल न्यु इन्स्ट्रुमेन्ट क्लस्टर लगायतका विभिन्न विशेषता दिइएको छ ।
यो मोडल बडी अन प्लाटफर्ममा निर्माण भएको हो । यसले अफरोडिंग क्षमतालाई बढाउने कम्पनीले जनाएको छ । यस्तै, यसले इन्धन बचत गर्ने कम्पनीको दाबी छ ।


