सुरु भयो महिन्द्राको ग्लोबल केयर फेष्ट क्याम्प (भिडियो सहित)

काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवर्कले ‘महिन्द्रा केयर फेस्ट २०१९’ सुरु गरेको छ ।  यो विश्वव्यापी कार्यक्रम मंसिर २ देखि ६ गतेसम्म नेपाल लगायत २५ विभिन्न देशमा आयोजना हुने कम्पनीले जनाएको छ  ।  उक्त आयोजनामा दक्ष प्राविधिकहरुले महिन्द्राका गाडीको ६० प्वाइन्ट जाँच गर्नेछन् ।

बालाजु अटो वर्कका प्रबन्ध निर्देशक अर्जुन प्रसाद शर्मा, सीईओ सशिन्द्र भन्डारी, महिन्द्राको ग्राहक द्धय  भिम बहादुर नेपाल र दत्तराम सापकोटाले केयर फेष्ट उद्धघाटन गरेका थिए ।   

आयोजनामा कम्पनीले निःशुल्क सर्भिसिङ, स्पेयरपार्ट्स, लुब्रिकेन्ट एवं एक्सेसरिजहरुमा १२ प्रतिशत छुटका साथै महिन्द्राको पुरानो गाडी जस्तै लोगन, क्वान्टो, जेनियो, जाइलो जस्ता गाडीमा भारी छुटको व्यवस्था मिलाएको छ । यसका साथै कम्पनीले ग्राहकहरुलाई हेल्थ क्याम्पको सुविधा तथा आकर्षक उपहार पनि प्रदान गर्नेछ ।

ग्लोबल केयर फेष्ट क्याम्पको आयोजनाले महिन्द्रा गाडीको धनी एवं कम्पनी बीचको सुमधुर सम्बन्धलाई निरन्तता दिने उद्देश्य राखिएको छ । उक्त आयोजना सम्बन्धी जानकारी तथा गाडी बुकिङ्गका लागि निःशुल्क सर्भिस हेल्प लाइन एनटिसि प्रयोगकर्ताहरुका लागि १६६००–१००–२०० तथा एनसेल प्रयोगकर्ताहरुका लागि ९८०१५७१२१२ गरी दुई वटा टोल-फ्री नम्बरहरुको व्यवस्था पनि मिलाएको छ । 


Back_to_top