नेपालमा बिक्छन् टाटाका ८ मोडल, यी हुन् ३० लाखभन्दा सस्ता कार

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी  ट्रेडिङ प्रालिले नेपाली बजारमा आठ मोडलका ३१ भेरियन्टमा कार बिक्री गर्दै आएको छ । हाल, कम्पनीले ३० लाख मूल्यसम्मका पाँच, ३० देखि ४० लाख मूल्यका ८ र ४० लाख भन्दा माथि मूल्य भएका १८ भेरियन्टमा कार बेचिरहेको छ ।

कम्पनीको सबैभन्दा सस्तो मानिएको टिगायो एक्सई भेरियन्टको मूल्य २४ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको छ । यसमा साउनको तुलनामा कम्पनीले मूल्यसमेत बढाएको छ । 

टियागोको दुई भेरियन्ट एक्सएम र एक्सजेडको मूल्य पनि ३० लाख भन्दा कम रहेको छ । यो कारको सबैभन्दा महङ्गो भेरियन्ट एक्सजेड प्लसको मूल्य ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

यस्तै, टाटाले टिगोरको दुई भेरियन्टको मूल्य तीस लाखभन्दा कम राखेको छ । टिगोर एक्सई भेरियन्टको मूल्य २७ लाख ९९ हजार र एक्सएमओ भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यी बाहेक कम्पनीका अरु सबै कारको मूल्य ३० लाख रुपैयाँ माथि रहेको छ ।

कम्पनीले हाल बिक्री  गर्दै आएको कार मध्ये फोर ह्वील ड्राइभ सिस्टमयुक्त एसयुभी हेक्जा एक्सटीलाई सबैभन्दा महङ्गो मोडलको रुपमा लिइन्छ ।  हाल, यो कार ९१ लाख ५५ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।


Back_to_top