‘अल न्यू हुन्डाई क्रेटा’को अफिसियल स्केच सार्वजनिक

काठमाडौं । हुन्डाईले ‘अल न्यू क्रेटा’को स्केच सार्वजनिक गरेको छ । कम्पनीले आगामी मार्चबाट यसलाई बजारमा बिक्री वितरण गर्ने तयारी गरिरहेको र अटो एक्स्पो २०२० मा यसलाई सार्वजनिक गर्ने तयारी गरिरहेको समयमा यसको अफिसियल स्केच बाहिर आएको हो ।

नेपाली बजारमा मिडसाइज एसयूभी सेग्मेन्टमा निकै राम्रो सफलता पाएको क्रेटाको नयाँ जेनेरेशनमा हुन्डाई भेन्यूको जस्तै डिजाइनमा ग्रिल दिइएको छ । ग्रिल बाहेक अन्य लुक्स र फिचर भने चिनीयाँ स्पेक आई २५ बाट प्रभावित भएको छ ।

कम्पनीले यसको ह्वीलमा समेत ठूलो परिवर्तन गरेको छ भने स्प्लीट हेडलाईट र टेललाइट सेटअपले नयाँ क्रेटा निकै आकर्षक देखिएको छ । यसमा निकै ठूलो साइजको पानारोमिक सनरुफ, १०.२५ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम दिइने जनाइएको छ । तर, यसलाई कम्पनीले भने अधिकारीक रुपमा जानकारी गराएको छैन ।

यसमा हुन्डाई ग्रुप अन्तर्गतको किया सेल्टोसमा रहेको १.५ लिटर पेट्रोल र डिजेल तथा १.४ लिटर जिटीलाइन टर्बो पेट्रोल इन्जिनमा उपलब्ध हुने जनाइएको छ ।


Back_to_top