होन्डाले भारतमा बनाउदै प्रिमियम क्रुजर मोटरसाइकल, यस्ता हुने छन् विशेषता

होन्डा विश्वमा गाडीसँगै मोटरसाइकल निर्माणमा पनि निकै चर्चित ब्राण्ड हो । कम्पनीले उत्पादन गरेका प्रिमियम मोटरसाइकल जापान, थाइल्याण्ड लगायतका देशबाट ल्याएर नेपालमा बिक्री वितरण हुँदै आएको छ । अब भने कम्पनीले ५०० देखि ७०० सीसी क्षमताका मोटरसाइकल भारतमा नै बनाउने भएको हो ।

भारतीय बजारमा उत्पादन भएसँगै यी मोटरसाइकल नेपाली बजारमा पनि आउने छन् । अहिले भारतीय उत्पादनको तुलनामा जापानी र थाइल्याण्डका उत्पादनको मूल्य निकै महंगो पर्ने गरेको नेपालको बिक्रेता कम्पनी स्याकार ट्रेडिङले जनाएको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भइरहेको रिबेल ५०० मा ४७१ सीसी क्षमताको प्यारलल्ट्वी-न इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा ४५.५ पीएस पावर र ६००० आरपीएममा ४४.६ एनएम टर्क जेनेरेट गर्छ ।

स्लीपर क्लचको साथ ६ स्पीड गियरबक्स दिइएको यो मोटरसाइकल निकै आरामदायी यात्राको लागि परिचित रहेको छ । ट्यूवलर स्टील फ्रेममा निर्माण भएको यो मोटरसाइकल अगाडि ४१ एमएमको टेलिस्कोपीक फर्क र पछाडि ट्वीन शक एब्जर्वर दिइएको छ ।

दुबै ह्वील १६ इनचको प्रयोग गरिएको मोटरसाइकलमा डियूल डिस्क र डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।

यसमा प्रयोग भएका सबै लाइट एलइडी रहेका छन् । एलसीडी इन्ट्रुमेन्ट क्लस्टर दिइएको छ । उक्त एलसीडीमा स्पीड, ओडोमिटर, ट्रीप मिटर, समय, गियर पोजिसन जस्ता अवस्था थाहापाउन सकिने छ ।

डायमण्ड स्टाइल स्टीच सिटको प्रयोग हुने यो मोटरसाइकलमा १२ भोल्टको सकेट पनि उपलब्ध रहने छ ।


Back_to_top