होन्डाले गर्यो डियो स्कुटरमा व्यापक परिमार्जन

काठमाडौं । होन्डाको चर्चित स्कुटर डियोको नयाँ जेनेरेशन मोडल उत्पादन सुरु भएको छ । नेपाली बजारमा निकै सफल रहेको डियो भारतमा भने होन्डाको दोस्रो सफल मोडल हो । भारतमा डियोभन्दा एक्टीभाको बिक्री बढी हुने गरेको छ ।

कम्पनीले यसलाई गत फेब्रुअरीमा सार्वजनिक गरेको थियो । अबभने यसको बजारमा बिक्री सुरु भएको हो । बीएस ६ मापदण्डमा आधारित इन्जिनमा आएको नयाँ जेनेरेशन डियोमा इन्स्ट्रुमेन्ट कन्सोल र नयाँ एलइडी डिएलआर र एलइडी हेडल्याम्प दिइएको छ ।

यसमा दिइएको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलमा स्पीड, स्कुटरमा रहेको तेलले कति माइलेज दिन्छ भन्ने जानकारी, औषत माइलेज, ट्रीप मिटर, ओडोमिटर, घडी, सर्भिस ड्यू इन्डिकेटर जस्ता जानकारी पाउन सकिने जनाइएको छ ।

पहिलेको तुलनामा डियोको अगाडीको भाग केही फराकिलो बनाइएको छ । जसले सहजै पानीको जार वा ग्यास लिण्डिर बोकर हिड्न सकिने छ । साथै स्कुटरमा पिउने पानी राख्न वा अन्य केही सामान राख्न अगाडी एउटा पकेट दिइएको छ ।

स्कुटरलाई स्टायन लगायर राख्दा अटोमेटिक इन्जिन बन्द हुने फिचर उपलब्ध रहेको छ । जसले इन्धन बचाउन सहयोग पुग्ने जनाइएको छ ।

आरमादायी यात्राको लागि टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन दिइएको छ । यसमा कम्पनीले एफआई इन्जिन दिएको छ । यसमा रहेको १०९ सीसी क्षमताको इन्जिनले अधिकतम ८००० आरपीएममा ७.७९ पीएस पावर र ४७५० आरपीएममा ९ एनएम टर्क प्रदान गर्छ ।

नेपाली बजारमा कहिलेबाट बीएस ६ इन्जिन सहितको नयाँ डियो आउँछ भन्ने विषयमा अहिलेसम्म आधिकारीक वितरक स्याकार ट्रेडिङले जानकारी दिएको छैन ।


Back_to_top