काठमाडौं । होन्डाले भारतीय प्लान्टबाट ४ नयाँ प्रिमियम मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको छ । यी मोटरसाइकल होन्डाले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएका ५०० सीसी सेग्मेन्टका हुने जनाइएको छ ।
कम्पनीले सिबी ५०० एक्स एडभेन्चर, सिबी ५०० एफ फुलफेयर्ड, होन्डा रिवेल ५०० क्रुजर र सिबीआर ५०० आर नेकेड मोटरसाइकल भारतमा बनाउने तयारी गरेको हो ।
रिवेल ५०० मा ४७१ सीसी प्यारलल ट्वीन सिलिन्डर इन्जिन दिइएको छ । यो इन्जिनले ४५ बीएच पावर तथा ४४.६ एनएम टर्क जेनेरेट गर्छ । बाकि तिन मोटरसाइकलमा समेत यहि इन्जिन दिइएको छ भने यसले उत्पादन गर्ने पावर फिगर भने फरक रहेको छ ।
सिबीआर ५०० आर, सीबी ५०० एफ र सीबी ५०० एक्सको इन्जिनले ४७ बीएच पावर तथा ४३ एनएम टर्क जेनेरेट गर्छ ।
यी सबै मोटरसाइकलको मूल्य ४ लाख ५० हजार भारुदेखि ५ लाख ५० हजार भारुसम्म कायम रहने अनुमान गरिएको छ । यी मोटरसाइकल भारतमा उत्पादन हुने हो भने पहिलेभन्दा कम मूल्यमा नेपालमा पनि पाउन सक्ने अनुमान गर्न सकिन्छ ।


