काठमाडौं । होन्डाले नयाँ ज्याजको टिजर सार्वजनिक गरेको छ । कम्पनीले २०२० ज्याज कोरोना भाइरसको संक्रमण कम हुनासाथ बजारमा उतार्ने अनुमान गरिएको छ । होन्डाको ज्याज निकै सफल ह्याचव्याक कार हो ।
कम्पनीले यसमा १.२ लिटर आइ-भिटेक पेट्रोल र १.५ लिटर आइ-डिटेक डिजेल इन्जिन दिएको छ । यसमा रहेको पेट्रोल इन्जिनले ८९ बीएच पावर र ११० एनएम टर्क प्रदान गर्छ ।
त्यसैगरि यसमा रहेको डिजेल इन्जिनले ९८ बीएच पावर र २०० एनएम टर्क प्रदान गर्छ । होन्डाले ज्याजको पेट्रोल इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स दिएको छ भने डिजेल इन्जिनमा ५ स्पीड म्यानुयल र अटोमेटिक दुबै अप्सन उपलब्ध रहेको छ ।
होन्डाले यसलाई बजारमा मारुती सुजुकी बलेनो, हुन्डाई आई २० र फक्सवागन पोलोसँग प्रतिस्पर्धा गर्नेगरि ल्याउन लागेको हो ।
नेपालमा पनि होन्डा ज्याज पहिलादेखि बिक्री हुँदै आएको मोडल हो । यस्तोमा नयाँ जेनेरेशन ज्याज नेपाल आउने नै छ ।


