३६० डिग्री क्यामेरा, ३२० किमि रेञ्ज र टपस्पीड रहेको हाइपरस्पोर्ट बाइक

काठमाडौं । क्यानेडियन कम्पनीले नयाँ इलेक्ट्रीक हाइपरस्पोर्ट बाइक तयार गरेको छ । कम्पनीले नयाँ हाइपरस्पोर्ट बाइकलाई दुई भेरियन्टमा बजारमा ल्याएको हो ।

कम्पनीले डोमोन प्रिमियम एडिसन ‘मिडनाइट सन’ र फाउण्डर एडिसन ‘एर्टिक सन’ गरि दुई भेरियन्टमा यसलाई बजारमा ल्याएको थियो । यी दुबै मोटरसाइकललाई कम्पनीले २५/२५ यूनिटमात्र उत्पादन गर्ने र सबै यूनिट सोल्ड आउट भएको जनाएको छ ।

डेमोनको यी मोटरसाइकल सन् २०२० को अहिलेसम्मको सबैभन्दा ठूलो र विशेष रहेको जनाइएको छ । यो मोटरसाइकलमा इनव्यूल्ट ३६० डिग्री क्यामेरा जडान गरिएको छ ।

यी दुबै हाइपरस्पोर्ट बाइकलाई एक पटकको फुलचार्जमा ३२० किलोमिटर चलाउन सकिने कम्पनीको दाबी रहेको छ । साथै, यसको उच्चगति ३२० किलोमिटर प्रतिघण्टा रहेको छ । यी दुबै बाइक निकै पावरफुल समेत रहेको छ । यसले अधिकतम २०० बीएच पावर प्रदान गर्नेछ ।

यसमा प्रयोग भएको व्याट्री निकै तौलयुक्त रहेको छ । व्याट्री सहित यो मोटरसाइकलको तौल २०० केजी रहेको छ । यी दुबै मोटरसाइकलले सून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको रफ्तार भेट्टाउन ३ सेकेन्डभन्दा कम समय लगाउने छ ।


Back_to_top