काठमाडौं । केटीएमले नेपालमा बिक्री गर्दै आएको सबै मोटरसाइकल प्रदुषण मापदण्ड बीएस ६ अनुसारको ल्याएको छ । कम्पनीले यसअघि बिक्री गर्दै आएको सबै मोटरसाइकलको अपग्रेड भर्सन नेपाल ल्याएको हो ।
केटीएमका मोटरसाइकल नेपालमा गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलाचन्द एण्ड कम्पनीले बिक्री वितरण गर्दै आएको छ । आफ्ना सबै मोडल बीएस ६ सार्वजनिक गरेसँगै केटीएम नेपालमा आफ्ना सबै उत्पादन बीएस ६ इन्जिनमा ल्याउने पहिलो कम्पनी बनेको छ ।
कम्पनीले केटीएम ड्यूक १२५, ड्यूक २००, ड्यूक २५०, ड्यूक ३९०, केटीएम आरसी २००, आरसी ३९० मोडल बीएस ६ इन्जिनमा आजदेखि बिक्री सुरु गरेको हो ।

सबै मोडलका मोटरसाइकल बीएस ६ इन्जिनमा आएसँगै केही मूल्य समेत वृद्धि भएको छ ।
केटीएम ड्यूक १२५ को मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ, ड्यूक २०० को ५ लाख ३९ हजार ९०० रुपैयाँ, ड्यूक २५० को ६ लाख ३९ हजार ९०० रुपैयाँ, ड्यूक ३९० को ८ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
त्यसैगरि केटीएम आरसी २००को ६ लाख १४ हजार ९०० रुपैयाँ र आरसी ३९० को ८ लाख २४ हजार ९०० रुपैयाँ तोकिएको छ ।
निषेधाज्ञाको शोरुप परिवर्तन भएसँगै मोटरसाइकल शोरुम सोमवार र बिहिबार मात्र खुल्ने भएपछि शोरुममा मोटरसाइकल खरिद तथा बुकिङ गर्ने ग्राहकको भिड लागेको छ ।

