काठमाडौं । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनीले नेपालमा एसेम्बल गरिरहेको दुई मोडल बीच निकै राम्रो प्रतिस्पर्धा भइरहेको छ ।
अहिले नेपालमा विक्री हुने २०० सीसी र त्यसभन्दा माथिका मोटरसाइकलमा यी दुई मोडल नै सबैभन्दा अगाडि रहेका छन् । सन् २०२० मा पल्सर २२० को आयात ११ हजार ११ यूनिट भएबाट नै यसको विक्रीलाई अनुमान गर्न सकिन्छ ।
पल्सर एनएस २०० पनि निकै राम्रो परिमाणमा विक्री भइरहेको छ । बजाजको २०० सीसी सेग्मेन्टमा एबीएस र एफआई इन्जिन सहित बिक्री भइरहेको पल्सर एनएस २०० एक वर्षमा ५ हजार ५९३ यूनिट आयात भएको देखिन्छ ।
यी दुबै मोटरसाइकल जनवरी २०२० देखि डिसेम्बर १५, २०२० सम्म आयात भएको तथ्यांक हो ।
बजाज पल्सर २२० एफ लम्बाईमा एनएस २०० को तुलनमा १८ एमएम लामो रहेको छ भने एनएस २०० को ह्वीलवेस २२० को तुलनामा १३ एमएम लामो रहेको छ ।
पल्सर २२० मा २२० सीसीको इन्जिन रहेको छ भने एनएस २०० मा १९९ सीसी क्षमताको इन्जिन रहेको छ । कम क्षमताको इन्जिन भएपनि एनएस २०० बढी पावरफुल रहेको छ । यसमा रहेको फोर स्टोक, लिक्वीड कुल्ड इन्जिनले अधिकतम ९ हजार ५०० आरपीएममा २३.५ पीएस पावर र ८००० आरपीएममा १८ एनएम टर्क प्रदान गर्छ ।
पल्सर २२० एफको पावर भने एनएसको तुलनामा केहि कम छ । यसमा रहेको इन्जिनले अधिकतम ८५०० आरपीएममा २०.४ पीएस पावर र ७००० आरपीएममा १९.१२ एनएम टर्क प्रदान गर्छ ।
बजाज पल्सर एनएस २०० एफआई/एबीएस बजाजको पल्सर सिरिजमा विक्री हुने सबैभन्दा महंगो मोडल हो । कम्पनीले यसको मूल्य ३ लाख ६४ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । साथै, एनएस कै रेगुलर इन्जिन र एबीएस सहितको मोडल ३ लाख ४२ हजार ९०० रुपैयाँमा विक्री हुँदै आएको छ ।
अहिले कम्पनीले पल्सर २२० एफको एउटा मात्रै भेरियन्ट विक्री गर्दै आएको छ । एबीएस फिचर रहेको २२० एफको मूल्य ३ लाख ३९ हजार ९०० रुपैयाँ रहेको छ ।

