जीप कम्पासको फेसलिफ्ट सार्वजनिक, मार्चमा नेपाल आउने

काठमाडौं । जीपको भारतीय उत्पादन कम्पास मोडलको फेसलिफ्ट सार्वजनिक भएको छ । कम्पनीले नयाँ कम्पास हिजो जनवरी २७ मा भारतमा सार्वजनिक गरेको हो ।

कम्पनीले कम्पासको कस्मेटिक परिमार्जन मात्र गरेको छ । यसको मेकानिकल पार्ट्समा कुनै परिमार्जन भएको छैन । फेसलिफ्ट कम्पासमा पहिलेकै १.४ लिटर टर्बो पेट्रोल र २.० लिटर फोर सिलिन्डर मल्टी जेट टर्बो डिजेल इन्जिन दिइएको छ । टर्बो पेट्रोल इन्जिनले १६३ हर्स पावर र २५० एनएम टर्क तथा डिजेल इन्जिनले १७३ हर्स पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।

फेसलिफ्ट कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र मोडल एस भेरियन्टमा उपलब्ध रहने छ । तर, नेपाल कुन कुन भेरियन्ट आउने छ भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन । संभवत मार्च पहिलो हप्ताबाट विक्री सुरु गर्ने लक्ष्यसहित नयाँ कम्पास नेपाल आउने छ । जीपको आधिकारीक विक्रेता लाइफ अटोमोवाइलले यसको आयात प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।

नयाँ कलर अप्सनसहित आएको फेसलिफ्ट कम्पासमा प्रयोग भएको ७ स्लट ग्रिल केहि परिमार्जन देख्न सकिन्छ । साथै, गाडीको अगाडिको बम्पर र पछाडिको बम्पर रिडिजाइन गरिएको छ ।

फियात क्राइसरलले ल्याएको नयाँ इन्फोटेन्टमेन्ट सिस्टम यसमा प्रयोग गरिएको छ । १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पानारोमिक सनरुफ, नयाँ स्टेयरिङ ह्विल, परिमार्जित १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, यूकनेक्ट प्रविधि जस्ता नयाँ टेक्नोलोजीले कम्पासलाई प्रिमियम बनाएको छ ।

सुरक्षा फिचरको मामलामा जिप कम्पास पहिलेदेखि नै अब्बल रहेको छ । त्यसैको निरन्तरता शोरुप ७ एयरब्याग, इबीडीको साथ एबीएस, ब्रेक एसिस्ट, ३६० डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।


Back_to_top