शनिवार सुजुकीको कार किन्नेलाई तीन लाखसम्म छुट, कम डाउन पेमेन्टमा पनि किन्न पाइने

काठमाडौं । नेपालका लागि सुजुकीको आधिकारिक विक्रेता सिजी मोटोकर्पले आउँदो माघ १७ गते शनिबार ‘सुपर स्याटरडे’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ । यस योजनामा मारुती सुजुकीले नेपालमा विक्री गर्दै आएका विभिन्न मोडलका गाडीमा ३ लाखसम्मको नगद छुट प्रदान गर्ने योजना अगाडि ल्याएको हो ।

कम्पनीले आफ्नो नेपालभर संचालनमा रहेका सबै ३८ वटा डिलर नेटवर्कमा यो योजना लागु हुने जानकारी दिएको छ । माघ १७ गते शनिवार एक दिनको लागि मात्रै आयोजना भएको ‘सुपर स्याटरडे’ मा सुजुकीका कार किन्दा ग्राहकले आकर्षक छुट पाउने छन् ।

सुपर क्यास डिस्काउन्ट २ लाखसम्म र वान डे स्पेशल डिस्काउन्टमा १ लाखसम्म नगद छुट, एक वर्षको निःशुल्क बीमा, आकर्षक एक्सचेन्ज बोनस र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा मोडेल अनुसार प्रदान गर्ने कम्पनीले जनाएको छ ।

डाउन पेमेन्ट वापत धेरै रकम जम्मा गर्न नसक्ने ग्राहक लक्षीत गर्दै कम्पनीका विभिन्न डिलरले २० प्रतिशत डाउन पेमेन्टमा पनि खरिद गर्न सक्ने जनाएका छन् ।

नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागन आर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएल सिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडलको विक्री वितरण गर्दै आएको छ ।


Back_to_top