ग्राहकलाई सरल बैंकिङ र नयाँ मोडलको फाइदा दिन हुन्डाईको एक हप्ते एक्सचेन्ज अफर

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले एक्सचेन्ज अफर ल्याएको छ । कम्पनीले एक हप्ता लामो एक्सचेन्ज अफर ल्याएको हो । माघ २६ गते सोमबारबाट सुरु भएको एक्सचेन्ज अफर आगामी फागुन २ गते आइतबारसम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले एक्सचेन्ज योजनालाई प्रभावकारी बनाउन उपत्यकामा रहेका ५ ठूला रिकन्डिसन हाउससँग सहकार्य गरेको जानकारी दिएको छ । साथै, हुन्डाई कै एच प्रमिसपनि पुराना गाडीको खरिद विक्रीमा सक्रिय रहेको छ । विशेषत चाडपर्व सकिएकाले ग्राहकहरु उत्कृष्ट अफरको खोजीमा रहेको समयमा कम्पनीले ल्याएको एक्सचेन्ज अफरमा राम्रो संख्यामा ग्राहकहरु पुगेको थापाथली शोरुमा देखिन्थ्यो ।

कम्पनीले यो योजना आफ्नो नेपालभर रहेको सबै विक्री केन्द्र (शोरुम)हरुमा लागु भएको जनाएको छ । यसले नेपालभर जहाँ कहिँका ग्राहकले आफ्नो कुनैपनि ब्राण्डको पुरानो गाडी लगेर हुन्डाईका नयाँ गाडीसँग सट्टपट्टा गर्न सक्ने छन् ।

हुन्डाई एक्सचेन्जमा ग्राहकलाई लोभलाग्दो अफर दिएको कम्पनीको भनाई छ । कम्पनीका थापाथली शोरुमका इन्चार्ज दिवाकर रेग्मी भन्छन्, ‘ग्राहकले दशैंपछि कुनै नयाँ किसिमको अफर पाएका थिएनन् । यस्तोमा हुन्डाईले एक्सचेन्ज अफर मार्फत आफ्ना ग्राहकलाई अहिलेसम्मकै उत्कृष्ट मध्येको एक अफर प्रदान गरेको छ ।’

थापाथलीमा मेरोअटोको टिम पुग्दा केहि गाडी एक्सचेन्ज गर्न आउने ग्राहकहरु शोरुममा थिए । उनिहरुले कोभिड १९ को संक्रमणपछि व्यापार व्यवसाय केहि लयमा फर्कन लागेकोले आफ्नो गाडी एक्सचेन्ज गर्न खोजेको सुनाए ।

ग्राहकलाई कस्ता अफर

अहिले बैंकिङ क्षेत्रले प्रदान गर्ने अटो लोन निकै सहज र सस्तो व्याजदरमा पाइने भएकाले धेरै ग्राहकले आफ्नो गाडी फेर्ने वा नयाँ गाडी किन्ने योजना बनाएको पाइन्छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले ८ देखि ९ प्रतिशतसम्म व्याजदरमा कर्जा सुविधा उपलब्ध गराउँदै आएका छन् भने, केहि बैंकले त ८ प्रतिशतभन्दा कम व्याजदरमा ५ वर्ष परिवर्तन नहुने व्याजदरमा समेत कर्जा प्रबाह गर्दै आएका छन् ।

यस्तो समयमा हुन्डाईले पुराना गाडी साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकलाई १ लाखदेखि २ लाख ५० हजारसम्म मोडल अनुसार नगद छुट, १५ हजार वरावरको लोयलटी वोनस, १ लाख ४० हजारसम्मको एक्सचेन्ज वोनस, ६ वर्षसम्म फ्रि सर्भिसिङ, ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।

नयाँ मोडल र मूल्य आकर्षण

हुन्डाईको एक्सचेन्ज योजनामा पुराना गाडीसँग नयाँ गाडी साट्ने ग्राहकलाई हुन्डाईको नयाँ मोडलहरुले लोभ्याएको देखिन्छ । लकडाउनपछि हुन्डाईले नेपालमा तीन वटा नयाँ मोडल सार्वजनिक गरेको थियो ।

कम्पनीले बजारमा ल्याएको कम्प्याक्ट सेडान अउरा, चर्चित ह्याचव्याक ग्राण्ड आई १० नियोस र नयाँ जेनेरेशन क्रेटा मध्ये अउरा र क्रेटासँग एक्सचेन्ज गर्न चाहने ग्राहक धेरै भेटिन्छन् ।

त्यसमा पनि सन् २०२१ लागेसँगै अधिकांश कम्पनीले नयाँ मोडलको मूल्य वृद्धि गरिसकेका छन् । तर, हुन्डाईका गाडीमा मूल्य वृद्धि नभएकाले पनि धेरै ग्राहकले एक्सचेन्ज गर्दा हुन्डाई रोज्ने अवस्था आएको कम्पनीको दाबी छ ।

‘हामीले २०२० कै मूल्यमा गाडी दिइरहेका छौं । दशैंअघि केहि सर्टेज भएपनि अहिले गाडीको माग धान्न सक्ने अवस्था आएको छ । यसले ग्राहकलाई आकर्षण गरेको बुझ्न कठिन छैन’, शोरुम इन्चार्ज रेग्मीले मेरोअटोसँग भने ।


Back_to_top