पुरानै मूल्यमा लुयानको इलेक्ट्रीक स्कूटर थप फिचर सहित नेपाली बजारमा

काठमाडौं । २०७७ सालमा नेपाली बजारमा पहिलो पटक भित्रिएको लुयान ब्रान्डको इलेक्ट्रीक स्कूटर थप फिचर सहित आएको छ । पहिलो लट को सफल बिक्रि बाट उत्साहित कम्पनिले हाल यसमा फिचरहरु थप गरेर ल्याएको हो ।

चीनमा निर्मित यो स्कूटरलाइ जिरो इमिसन राइडले नेपाली बजारमा भित्र्याएको हो।

काठमाडौँ को लाजिम्पाट को साथै पोखरा नया बजार र ललितपुर मगल बजारबाट समेत यसको विक्री भैइरहेको छ। यो स्कुटरमा १५०० वाट क्षमताको ‘लिक्वीड कुल्ड’ हब मोटर जडान गरिएको छ। यो स्कुटर इलेक्ट्रीक सेग्मेंट कै पहिलो रहेको कम्पनीले दावी गरेको छ । डीआरएल सहितको एलइडी हेड लाइट दिइएको यस स्कूटर को लुक्स आकर्षक र स्पोर्टी देखिन्छ। यो स्कुटरको टप स्पीड क्षमता ६० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा ७२ भोल्ट ३२ एम्पिएर क्षमताको लीड एसिड ब्याट्री जडान गरिएको स्कूटर लाई फास्ट चार्जर बाट ३ देखि ४ घण्टा मा फुल चार्ज गर्न सकिन्छ।
एक पटक फुल चार्ज मा ७५ देखि ८५ किलो मीटर सम्म यात्रा गर्न सकिने कम्पनीको दावी रहेको छ । यसको पछाडी चक्का मा जडान गरिएको रनफ्लाट टायर ले पंचर भएकोको अवस्था मा पनि केहि समयसम्म गुडाउदा पनि हब मोटर मा क्षति हुन् बाट बचाउछ।

यसको अगाडी चक्का मा डिस्क ब्रेक र पछाडी चक्का मा सेरामिक ड्रम ब्रेक दिइएको छ।

यसको डिजिटल कन्सोल मा स्पीड र चार्जको सहि जानकारकिो लागि एस्ओसी मोडूल जडान गरिएको छ। यसको अतिरिक्त यो स्कुटरमा एन्टी थेफ़्ट अलार्म , अटो व्हील लक् , चाइल्ड लक् र युएस्बि पोर्ट जस्ता सुबिधा समेत दिइएको छ। जसले स्कूटर लाइ अत्याधुनिक र सुरक्षित बनाएको छ।


Back_to_top