काठमाडौं । क्रसफायरको नयाँ मोटरसाइकल देखिएको छ । काठमाडौंको महावौद्ध देखिएको नयाँ मोटरसाइकल चाँडै बजारमा विक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।
बाटोमा देखिएको नयाँ मोटरसाइकल २५० सीसी क्षमता हुने अनुमान गर्न सकिन्छ । क्रसफायरको अन्य मोडल जस्तो एग्रेसिभ डिजाइन भने छैन । मोटरसाइकलको डिजाइन हेर्दा क्रसफायरले नेपाली बजारमा इन्ट्रीलेवल एड्भेन्चर मोटरसाइकल ल्याउन लागेको अनुमान गर्न सकिन्छ ।
क्रसफायरको नयाँ मोटरसाइकलले हिरो एक्सपल्स, यामाहा एक्सटीजेड १५०, मोटरहेड स्पोर्टस २५०, होन्डा एक्सआर जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
नयाँ मोटरसाइकलको दुबै ह्वीलमा डिस्क ब्रेक रहेको देखिन्छ भने एबीएस फिचर भए नभएको एकिन गर्न सकिन्न । यो मोटरसाइकलमा सिंगल एक्जष्ट दिइएको छ भने एक्जष्ट अपस्वप्ट (माथि तिर गएको छ) रहेको छ । मोटरसाइकलमा सिंगल सिट, राउन्ड हेडल्याम्प, फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन, रियरमा मोनोशक सस्पेन्सन, राउन्ड सेप रियर भ्यु मिरर, स्पोक ह्वील देखिन्छ ।
क्रसफायर ६ लाख रुपैयाँ माथिको मोटरसाइकलको लागि परिचित रहेको छ । यदि कम्पनीले यो मोटरसाइकल विक्री सुरु गर्ने हो भने करिब ४ लाख रुपैयाँ मूल्य राख्ने अनुमान गर्न सकिन्छ ।
नेपाली बजारमा ४ लाख मूल्यका एड्भेन्चर मोटरसाइकलको बजार हिस्सा बढ्दै गएको पाइन्छ । यस्तोमा हिरोको एक्सपल्स २००, यामाहा एक्सटीजेड सिरिज र मोटरहेडका मोटरसाइकलको विक्रीलाई देखेर क्रसफायर नयाँ मोटरसाइकल ल्याउन लागेको अनुमान गर्न सकिन्छ ।


