काठमाडौं । होन्डा कारको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले नयाँ योजना संचालन गरिरहेको छ । कम्पनीले ‘होन्डा इयर–राउन्ड अफर’ अन्तर्गत व्याज नलाग्ने र कम डाउन पेमेन्टमा गाडी किन्न पाइने अफर ल्याएको हो । यो योजना साउन मसान्तसम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।
कम्पनीले सन् २०१८ र २०१९ मा ल्याएको स्टक रहेका केही यूनिट सिटी र डब्लूआरभी मोडलमा विषेश अफर दिइरहेको छ । यी गाडी किन्ने ग्राहकले आकर्षक छुटसहित ५० प्रतिशत डाउन पेमेन्ट गरेपछि वाँकी रकम ५ वर्षसम्ममा तिर्नेगरी कर्जा सुविधा पाउने छन् । यसरी दिइएको कर्जामा कम्पनीले कुनै किसिमको व्याज लगाउने छैन ।
यसको साथै कम्पनीले नयाँ गाडीमा पनि विभिन्न अफर दिइरहेको स्याकार ट्रेडिङले जनाएको छ । कम्पनीले एकै पटक डाउन पेमेन्ट गर्ने रकम नपुगेका ग्राहक लक्षित योजना अन्तर्गत २० प्रतिशत डाउन पेमेन्टको स्कीम पनि सार्वजनिक गरेको छ ।
होन्डाले अहिले अमेज, नयाँ जेनेरेशन सिटी, भिआरबी, डब्लूआरभी, ज्याज जस्ता मोडल विक्री गर्दै आएको छ ।

