यामाहा मुख्य प्रायोजक रहेको हिमालय रोडिजकाे डिजिटल अडिसन सुरु

काठमाडौं । हिमालय रोडिजको डिजिटल अडिसन सुरु भएको छ । आज एक कार्यक्रमबीच डिजिटल अडिसनको सुरुवात भएको घोषणा गरिएको हो ।

कोरोना महामारिका कारण केही ढिला सुरु भएको यो शो को मुख्य प्रायोजका यामाहा मोटरसाइकल रहेको छ । यामाहा एफजेड सिरिजले हिमालय रोडिजलाई प्रायोजन गर्नेछ । कोरोना महामारिका कारण सुरक्षालाई मध्यनजर गर्दै यो पटक डिजिटल अडिसन लिन लागिएको आयोजकल जनाएको छ । यो रियालिटी शोमा सहभागी हुन चाहानेले हिमालय रोडिजको एप डाउनलोड गरि आफ्नो भिडियो पढाएर वा फेसबुक पेजमार्फत सहभागी हु्न सक्नेछन् ।

हिमालय रोडिजको तीन सिजनसम्म निर्देशन गरेका अमन प्रताप शाह भने शोबाट बाहिरिएका छन् । उनको स्थानमा सिमोश सुनुवारले निर्देशन गर्नेछन् । ग्याङ लिडरमा भने अनुपविक्रम शाही, दिया मास्के, आषिश राना ‘लाहुरे’ र समन श्रेष्ठ रहेका छन् । त्यसैगरि कार्यक्रम होष्टमा रेमनदाश श्रेष्ठ रहने छन् ।

डिजिटल अडिसनमार्फत छनोट भएकाहरुलाई फिजिकल अडिसनका लागि बोलाइने आयोजकले बताएको छ । यो कार्यक्रम असोज पहिलो सातादेखी हरेक सोमबार राती ८ बजे प्रशारण हुनेछ ।


Back_to_top