काठमाडौं । फोर्ड इन्डियाले आफ्नो सर्वाधिक सफल सब फोर मिटर एसयूभी इकोस्पोर्टको फेसलिफ्ट तयार गरेको छ । परिक्षणको क्रममा देखिएको इकोस्पोर्ट बजारमा आउन तयार रहेको मानिन्छ ।
अबको केही दिनभित्रै कम्पनीले फेसलिफ्ट मोडलको विक्री सुरु गर्ने तयारी गरेको छ । ८ वर्षअघि बजारमा आएको इकोस्पोर्टलाई कम्पनीले अहिलेसम्म नयाँ जेनेरेशनमा ल्याएको छैन ।
कम्पनीले नयाँ इकोस्पोर्टको इन्टेरियरमा के कस्ता परिमार्जन गरेको छ भन्ने विषय बाहिर आएको छैन । तर, एक्सटेरियरमा भएको परिमार्जनलाई भने प्रस्टसँग देख्न सकिन्छ ।
नयाँ फेसलिफ्टको बाहिरबाट देखिनेगरि सबैभन्दा ठूलो परिमार्जन ग्रिलमा भएको छ । क्रोमलाइनिङको साथमा नयाँ ग्रिल यसमा पाउन सकिन्छ । अगाडिको बम्पर पनि पूर्णत नयाँ प्रयोग गरिएको छ भने, फगल्याम्प हाउजिङ पनि नयाँ डिजाइनमा प्रयोग गरिएको छ ।
नयाँ इन्भर्टेट एल सेप्ड एलइडी डे टाइम रनिङ लाइट, नयाँ स्कीड प्लेट, नयाँ डिजाइनको अलोय ह्वील जस्ता फिचर फेसलिफ्ट मोडलमा दिइएको छ ।
कम्पनीले यसमा १.२ लिटर इन्जिन दिने हल्ला बाहिर आएको थियो । तर, पहिलेकै जस्तो १.५ लिटर डिजेल र पेट्रोल इन्जिन नै दिने भएको छ । यद्यपी यसको पुष्टी भने भएको छैन । यसमा रहेको पहिलेको १.५ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन १२३ पीएस पावर प्रदान गर्छ भने डिजेल इन्जिनले १०० पीएस पावर प्रदान गर्छ ।
नेपालमा पनि निकै सफल सब फोर मिटर इकोस्पोर्ट फेसलिफ्ट भारतमा विक्री सुरु भएको केही दिनपछि नै आउने अपेक्षा गर्न सकिन्छ ।


