काठमाडौं । बेनेली मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता केटीएस इन्टरनेशनल ट्रेडिङ प्रालिले बेनेली मोटरसाइकलको नयाँ मूल्यसूची प्रकाशित गरेको छ । कम्पनीले भाद्र महिनादेखी लागु हुने गरि नयाँ मूल्यसूची प्रकाशित गरेको हो ।
केटीएम इन्टरनेशनलले बेनेली तथा कि–वे ब्रान्डका मोटरसाइकल विक्री गर्दै आइरहेको छ । कम्पनीले कि–वे ब्रान्डको दुई मोडल र बेनेलिको १० मोडल गरि १२ मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ ।
कम्पनीले बेनेलीका २ लाख ४७ हजार ५०० रुपैयाँदेखि २५ लाख १५ हजार रुपैयाँसम्मका मोटरसाइकल विक्री गरिरहेको छ ।
कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार बेनेली टीएनटी १५ को मूल्य २ लाख ४७ हजार ५००, टीएनटी १५ आइको मूल्य ३ लाख ४३ हजार १५० रुपैयाँ रहेको छ । त्यस्तै बेनेलीको मिनी बाइक टीएनटी १३५ को मूल्य २ लाख ७५ हजार, १८० एसको ४ लाख ३० हजार, १८० एन नियोनको ४ लाख ४० हजार रुपैयाँ रहेको छ ।
त्यसैगरि बेनेलीको ३०० सीसी क्षमताको मोटरसाइकल बेनेली ३०२ एसको मूल्य ९ लाख ३५ हजार, ३०२ एस नियोनको ९ लाख ६० हजार, टीएनटी ६०० आइको २३ लाख ५८ हजार, ७५२ एसको २५ लाख १५ हजार र टीआरको २५१ को ७ लाख ८९ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै कम्पनीले विक्री गर्ने कि–वे पीइ २५० को मूल्य ४ लाख ५४ हजार र कि–वे केलाइट २०२ को मूल्य ४ लाख ७ हजार रुपैयाँ निर्धारण गरेको छ ।


