टाटा कार सर्भिसमा विशेष छुट, टाटा केयर क्याम्प ७ गतेबाट

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी टेडिङ्गले टाटाको बीएस ६ कार सम्बन्धी सम्पुर्ण चेकजाँच गर्ने हेतुले टाटा केयर क्याम्पको आयोजना गर्दैछ । टाटा केयर क्याम्प सिप्रदीको काठमाडौंको सोल्टीमोड र बागडोलमा रहेको सर्भिस सेन्टरमा भदौ ७ गतेदेखि ११ गतेसम्म संचालन हुँदैछ ।

सिप्रदी टेडिङ्गका ग्राहक सेवाका मुख्य प्रबन्धक कुमार भण्डारीका अनुसार बीएस ६ गाडीमा नयाँ प्रविधिको प्रयोग भएकोले यी गाडीहरुलाई अरुभन्दा भिन्दै नयाँ टेक्नोलोजी प्रयोग गरी सर्भिसिङ गर्नु पर्ने हुन्छ । सर्भिसिङमा सहजीकरण गर्ने उद्देश्यले यो क्याम्पको आयोजना गर्न लागेको हो ।

यस टाटा केयर क्याम्प अन्तर्गत टाटाका बीएस ६ कारको सम्पुर्ण स्वास्थ्य जाँचहरु हुनेछन् । लेवर चार्जमा ५० प्रतिशत छुट, फ्री टप वाशिङ्ग, स्पेयर पार्ट्समा १५ प्रतिशत छुट, म्याक लुब्रीकेन्ट्समा १५ प्रतिशत छुट र जेनुइन सामानहरुमा १५ प्रतिशत छुट पाउने जनाइएको छ ।

निःशुल्क १० पोइन्ट चेकअप, निःशुल्क ब्याट्री र इलेक्ट्रीक चेकअप, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क सस्पेन्सन चेकअप, निःशुल्क ब्रेक चेकअपको साथै यस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।


Back_to_top