काठमाडौं । चाडपर्व सुरु भएसँगै टीभीएस मोटरसाइकलको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले आक्रमक योजनासहित ‘ग्राण्ड एक्स्चेन्ज मेला’ आयोजना गर्न लागेको छ । कम्पनीले असोज १ गते शुक्रबारबाट ग्राण्ड एक्स्चेन्ज मेला काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको हो ।
टीभीएसले यस मेलामा मोटरसाइकल एक्स्चेन्ज गर्ने कुनै पनि ग्राहकले डाउन पेमेन्ट गर्नु नपर्ने योजना अगाडि सार्ने जानकारी दिएको छ । त्यसैगरी ५ हजार ९९९ रुपैयाँ मासिक किस्तामा ग्राहकले नयाँ सवारी साधन किन्न सक्ने छन् ।
‘जुनसुकै अवस्थाको मोटरसाइकल एक्स्चेन्जमा ल्याउने ग्राहकले टीभीएसको मोटरसाइकल वा स्कुटर जुन किन्न चाहेपनि डाउन पेमेन्ट वापत रकम थप गर्न पर्ने छैन’, जगदम्बा मोटर्स स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट पुर्याएर मोटरसाइकल किन्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा मोटरसाइकल दिने जनाएको छ । साथै, कम्पनीले एक्स्चेन्जमा मूल्यङ्कन भन्दा १० हजार थप एक्स्चेन्ज बोनस, दशैं स्कीममा ल्याएको स्क्र्याच कार्ड मार्फत किन्नुअघि १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद छुट पाउने व्यवस्था मिलाएको छ ।
प्रि बुकिङ गराएर जाने ग्राहकले २ हजार रुपैयाँ बराबरको एसोशरिज र टेष्ट ड्राइभमा उपहार जित्ने मौका समेत पाउने जनाइएको छ ।टीभीएसले नेपाली बजारमा विभिन्न किसिमका मोटरसाइकल र स्कुटरको विक्री वितरण गर्दै आएको छ ।

