यामाहा आर १५ भी ३ बीएस ६ भर्सनको विक्री सुरु, यस्तो छ मूल्य

काठमाडौं । यामाहा आर१५ भी ३ बीएस ६ भर्सनको विक्री सुरु भएको छ । यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले आर १५ भी ३ को बीएस ६ भर्सन नेपाल भित्र्याएको हो ।

नेपाली युवापुस्ताबीच निकै लोकप्रिय स्पोर्टस मोटरसाइकल यामाहा आर १५ भी ३ को हालसम्म बीएस ४ मोडलमा विक्री भइरहेको थियो । हाल यामाहा आर १५ भी ३ बीएस ६ को नेपाली बजारमा औपचारिक विक्री सुरु भएको छ ।

यामाहा आर १५ भी ३ मा १५५ सीसी लिक्विड सिङ्गल सिलिन्डर एफआइ भीभीए इन्जिन रहेको छ । यो इन्जिनले १० हजार आरपीएममा १९.३ पीएस पावरका साथै १४.७ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा सिक्स(स्पीड ट्रान्समिसन लगाइएको छ ।

मोटरसाइकलमा भेरिएवल भल्भ एक्ट्यूएसन ९भीभीए० प्रविधिको प्रयोग गरिएको छ । एबीएस सुबिधा थप गरेर कम्पनीले सार्वजनिक गरेको यो मोटरसाइकल सेग्मेन्टमा धेरै पावर भएको मोटरसाइकल रहेको छ । स्लिपर कल्च, गियर इन्डिकेटर, ६ स्पीड गियरबक्स, ट्रिप मिटर, एलसीडी कन्सोल जस्ता फिचर रहेको छ ।

नेपाली बजारमा उपलब्ध बीएस ४ यामाहा आर १५ भी ३ को मूल्य ४ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ भने बीएस ६ भर्सनको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बीएस ४ को तुलनामा बीएस ६ मा ३ हजार रुपैयाँ मात्र वृद्धि गरेको हो ।


Back_to_top