हुन्डाई क्रेटा र किया सेल्टोसको उत्पादन घट्दै, नेपालमा प्रतिक्षा बढ्दै

काठमाडौं । हुन्डाई मोटर्स ग्रुपको स्वामित्वमा रहेको हुन्डाई र कियाले भारतमा कार उत्पादन घटाउनु परेको छ । यी दुबै कम्पनीले आफ्नो सर्वाधिक सफल मोडल क्रेटा र सेल्टोसको उत्पादन बढाउन सकेका छैनन् ।

बजारमा उच्च माग रहेका यी दुबै मोडलको उत्पादन करिब ४० प्रतिशतभन्दा बढीले घटेको छ । सेमी कन्डक्टरको कारण गाडी उत्पादन घटाउनु परेको हुन्डाई मोटर्स इन्डियाले जनाएको छ ।

हुन्डाई क्रेटा र किया सेल्टोस केही महिना अघिसम्म मासिक १२ देखि १४ हजार यूनिटका दरले उत्पादन हुँदै आएको थियो । तर, अक्टोबरदेखि यी दुबै मोडलको उत्पादनमा व्यापक कटौती भएको देखिन्छ ।

भारतीमा डिसेम्बर महिनामा बजार पठाएको यी दुबै गाडीको तथ्यांक निकै निरासाजनक रहेको देखिन्छ । डिसेम्बर हुन्डाई क्रेटा ७ हजार ६०९ यूनिट र किया सेल्टोस ४ हजार १२ यूनिट मात्र कम्पनीबाट निस्केका छन् ।

यी दुबै गाडीको नेपालमा पनि आपूर्ति अत्यन्त कमजोर रहेको छ । क्रेटा करिब ८ सय यूनिट बुकिङमा रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल स्रोतले जनाएको छ भने कियाको पनि राम्रो संख्यामा बुकिङ रहेको कन्टिनेन्टल ट्रेडिङले जानकारी दिएको छ ।

चिप्स सर्टेजकै कारण गाडी उत्पादन घटाएको हुन्डाई भारतीय अटो बजारमा डिसेम्बरको तथ्यांक अनुसार तेस्रो स्थानमा धकेलिएको छ । वर्षको अन्तिम महिनाको विक्रीमा हुन्डाईसँग टाटाले दोस्रो स्थान खोसेको हो ।


Back_to_top