काठमाडौं । टेस्लाले आफ्नो सांघाई प्लान्टमा बीवाइडीको व्लेड ब्याट्री प्रयोग गर्ने समाचार वाहिर आएको केही दिनपछि जापानी ब्राण्डले पनि आफ्नो उत्पादन हुन लागेको इभीमा बीवाइडीको ब्याट्री प्रयोग गर्ने समाचार बाहिर आएका छन् ।
भारतको नम्बर वान फोर ह्वीलर कम्पनी मारुती सुजुकी र टोयोटाले संयुक्त रुपमा उत्पादन गर्न लागेको पहिलो मिडसाइज इलेक्ट्रीक एसयूभीमा बीवाइडीले उत्पादन गरेको व्लेड व्याट्री प्रयोग गर्ने भएको हो ।
बीवाइडीले विकास गरेको व्लेड ब्याट्री अन्य कम्पनीको उत्पादन भन्दा सुरक्षित, सस्तो र धेरै इनर्जी संचित गर्न सक्ने किसिमको छ । आकारमा पनि केही लामो साइजको हुने भएकोले यसलाई व्लेड ब्याट्री नामाकरण गरिएको हो । यसको लम्बाई ९६ सेन्टिमिटर, चौडाई १.३५ सेन्टिमिटर र उचाई ९ सेन्टिमिटरको हुन्छ ।
यो ब्याट्रीले नेल पेनेट्रेसन टेस्टमा पनि सफलता हासिल गरेको थियो । उक्त टेस्टमा ब्याट्रीको तापक्रम ३० देखि ६० डिग्री सेल्सेसमा पुगेता पनि यो ब्याट्री पड्कने वा धुँवा आउने भएन । सोही प्रकृतीको टेस्टमा अन्य व्याट्री २०० देखि ४०० डिग्री सेल्सीयस तापक्रम पुगरे पड्केको थियो ।
यदि अचान गाडी दुर्घटना भएको अवस्थामा कुनै धारीलो वस्तु यो ब्याट्रीमा छिरेता पनि यो सुरक्ष्ाित रहेको छ । कम्पनीले यो ब्याट्रीलाई क्रस्ट, बेन्ट गर्दा अथवा भट्टीमा ३०० डिग्री सेन्सीयससम्म पुर्याउदा वा २६० प्रतिशतसम्म ओभर चार्ज गर्दा पनि कुनै जोखिम हुँदैन ।


