काठमाडौं । होन्डाले ३५० सीसी सेग्मेन्टमा विक्री गर्दै आएको दुई मोटरसाइकल नयाँ कलरमा सार्वजनिक गरेको छ । कम्पनीले सिबी ३५० आरएस र सिबी हाइनेस नयाँ कलर अप्सनमा सार्वजनिक गरेको हो ।
होन्डाले यी दुबै मोडलको नयाँ कलर अप्सनसहित भारतको डिलर नेटवर्कमा मोटरसाइकल पठाएको छ ।
हालै सार्वजनिक एक तस्वीरका अनुसार हाइनेस ३५० मेट ग्रे कलर सिंगल टोन स्कीममा रहेको छ । यसअघि पर्ल नाइट ब्ल्याक, रेड मेटालीक मेट, मार्सल ग्रिन मेटालीक कलर सिंगल टोन स्कीममा उपलब्ध थियो । त्यस्तै हाइनेस ३५० ड्युअल टोन कलर स्कीममा समेत उपलब्ध रहेको छ ।
त्यसैगरी कम्पनीले सिबी ३५० आरएस मोनोटोनी ब्लु सेड कलर अप्सनमा ल्याएको छ । यसअघि कम्पनीे ब्ल्याक पर्ल स्पोर्टस्, यल्लो र रेडियन्ट रेड मेटालीक कलर अप्सनमा उपलब्ध थियो ।
कम्पनीले यी दुई मोटरसाइकलमा मेकानीकल परिवर्तन भने गरेको छैन ।
सीबी ३५० सिरिजमा हाफ-डुपलेक्स क्र्याडील प्लेटफर्ममा निमौण गरिएको छ । यसका अलावा यसमा टक र रोल सिट, ड्युअल टोन फ्युल टयांक, स्कीड प्लेट, एलईडी टेलल्याम्प र फ्रन्ट फोर्क बुट तथा आदि छन् ।

