नारायणी अटोमा एक हप्ते ‘एक्सचेन्ज स्कीम’

काठमाडौं । मारुती सुजुकीको डिलर नारायणी अटो बिजनेशले एक हप्ते ‘सुजुकी नारायणी भेहिकल एक्सचेन्ज अफर’ संचालन गरेको छ । आज शुक्रबारबाट संचालनमा आएको यो एक्सचेन्ज स्कीम आगामी चैत ४ गतेसम्म संचालन हुनेछ ।

कम्पनीले कुनै पनि ब्राण्डको पुरानो गाडीसँग सुजुकीको नयाँ गाडी सट्टापट्टा गर्न सक्ने छन् । यसरी एक्सचेन्जमा आउने गाडीलाई उचित मुल्याङकन दिने कम्पनीले जनाएको छ ।

साथै, यो स्कीममा नगदमा गाडी किन्ने ग्राहकले अतिरिक्त ३० हजार नगद छुट पाउने छन् भने एक्सचेन्जमा नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षको बीमा जस्ता अफर पाउने छन् ।


Back_to_top