क्रेटा र सेल्टोसलाई टोयोटाको चुनौती, यस्तो देखियो नयाँ एसयूभी

काठमाडौं । हुन्डाई क्रेटा र किया सेल्टोसलाई टक्कर दिन टोयोटा र मारुती सुजुकीले बनाइरहेको एसयूभी पहिलो पटक परिक्षणको क्रममा देखिएको छ । टोयोटा ‘डी-२२’ र मारुती सुजुकी ‘वाईएफजी’ कोड नेममा उत्पादन भइरहेको एसयूभी सडकमा देखिएको हो ।

कोरोला क्रस र र्याभफोरबाट प्रेरित धेरै फिचर समावेस रहेको यो एसयूभीको अगाडिको भाग यूनिक हुने अनुमान गर्न सकिन्छ । सडक परिक्षणमा देखिएको गाडी पूर्ण रुपमा ढाकिएको कारण बाहिरी बनोट पूर्ण अनुमान गर्न सक्ने देखिदैन ।

टोयोटाको नयाँ एसयूभीमा स्प्लीट हेडल्याम्प, डबल एलइडी डे टाइम रनिङ लाइट, ग्रिलमा स्ट्रीप क्रोम फिनिसिङ रहेको देख्न सकिन्छ ।

मारुती सुजुकी ब्राण्ड नेममा आउने नयाँ एसयूभीमा स्प्लीट हेडल्याम्पको साथमा फरक किसिमको डे टाइम रनिङ लाइट, नयाँ बलेनेको जस्तो क्रोम दिइएको ग्रिल देख्न सकिन्छ ।

यी दुबै मोडलमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स, १७ इन्चको अलोय ह्वील रहने छ भने टोयोटाको डिएनजीए प्लेटफर्ममा यी दुबै एसयूभी बनिरहेका छन् । दुबै ब्राण्डले सन् २०२२ को अन्तिमसम्ममा यसलाई बजारमा ल्याउने छन् ।


Back_to_top