मोरिस ग्यारेज (एमजी) ९४ वर्ष पुरानो बेलायती कार निर्माता कम्पनी हो । सिकिल किम्बर र विलियम मोरिसले स्थापना गरेको यो बेलायती स्पोर्ट कार उत्पादक कम्पनीले यसबीचमा धेरै मालिकहरू परिवर्तन गरे पनि आफ्नो स्ट्याण्डर्डमा कुनै सम्झौता गरेको छैन ।
१४–२८ सुपर मोडलबाट उत्पादन सुरु भएको एमजीको उत्पादन अहिले एसयूभी उत्पादनमा केन्द्रित बनेको छ । कम्पनीको स्थापना नै रेस जित्ने कार निर्माणको लागि भएको थियो । रेसिङ कारहरुमा विशेष सुरक्षा अपनाइने हुँदा कम्पनीले उत्पादन गरेको हरेक कारमा सुरक्षा निकै शसक्त बनाइएको हुन्छ ।
यस्तो छ एमजीको यात्रा
-१९२४ सिकिल किम्बरले महाप्रबन्धको भूमिकाबाट मोरिस ग्यारेजको काम सुरु गरेका थिए । उनी यस कम्पनीको संस्थापकमध्येका एक थिए । उनले एमजीकार कारहरू छिटो कुद्ने र स्पोर्टी लुक्सको हुनुपर्छ भन्ने मान्यता राख्थे ।
-१९२४ मे १ मा कम्पनीले आफ्नो ट्रेडमार्क दर्ता गराएको थियो । त्यसपछि त्यही वर्षको सेप्टेम्बर १ बाट आफ्नो सुपर स्पोर्ट मोडललाई बिक्रीका लागि बजारमा पठाएको थियो ।
-एमजीले सबैभन्दा पहिला पाएको टेलिफोन नम्बरको सुरुवाति ३ अंक २५१ लाई भेइकल चिनारी नम्बरको रुपमा प्रयोग गरेको थियो ।
-एमजीले आफ्नो स्पोर्टकारमा सफलता १९३० देखि पाउन थालेको थियो । एमजीको के–३ मोडलले १९३३ माइल मिग्लीया रोड रेस जितेर पहिलोपटक यो रेस जित्ने गैर–इटालियन ब्रान्ड बनेको थियो ।
-बेलायती महारानी एलिजाबेथका पति डिउक अफ एडनवर्गले १९४७ मा एमजीको कार खरिद गरेका थिए ।
-सन् १९५२ मा लङ्गब्रिजले ए र बी सिरिजका इञ्जिन डिजाइन र उत्पादन सुरु ग¥यो, जुन एमजी मोटर्सको एमजी मिडगेट र जेड सिरिज म्याग्निटे, एमजीए र एमजीबीको लागि थियो ।
-१६ मे १९५६ मा एमजीले आफ्नो १ लाख यूनिट कार उत्पादन गरेको थियो । त्यो एक लाखौँ नम्बरमा उत्पादन भएको कार ‘एलएचडी एमजीए १५००’ थियो ।
-सन् १९६२ मा लन्डन ब्रिज एमजी ११००–१३०० उत्पादन सुरु भयो । १९६९ मा एसजीवाई मोडलको खरिदसँगै प्रिन्स चार्ली एमजीको ग्राहक बनेका थिए । उनको मृत्युपछि प्रिन्स विलियमले यसको प्रयोग गरेका थिए । १० लाख युनिट कार उत्पादन १९७५ मा पूरा भएको थियो ।
-सन् २००० मे ९ मा बीएमडब्लू ग्रुपबाट छुट्टिएर एमजी रोबर ग्रुप स्थापना भएको थियो ।
-१५ लाख कार उत्पादन पूरा गरेर गोल्डनजुब्लीलाई ‘टीएफ १६०’ को उत्पादनसहित १६ अप्रिल २००२मा भव्यरुपमा मनाएको थियो ।
-सन् २००५ मा एमजी रोबर ग्रुपको व्यवस्थापनमा रहने गरी चिनियाँ सबैभन्दा पुरानो सवारीसाधन उत्पादक कम्पनी एनएसीले कम्पनीको स्वामित्व खरिद गर्यो ।
-२६ डिसेम्बर २००७ मा एनएसीले एसएआईसीसँग मर्जरमा गयो । एसएआईसी अहिले चीनको सबैभन्दा ठूलो कार सवारी उत्पादक कम्पनी हो ।
-४ सेप्टेक्बर २००८ मा लिमिटेड एडिसन ‘एमजीटीएफएलई ५००’ बर्निगहम फ्याक्ट्रीमा उत्पादन भयो ।
-करिब १६ वर्षपछि बेलायती बजारमा एमजीको ‘एमजी–६ जिटी’ २०११ मा सार्वजनिक भयो ।
-त्यसपछि कम्पनीले २०११ मा एमजी ६ म्याग्नेट, २०१२ मा एमजी ६ जिटीको स्पेशल एडिसन, २०१३ मा १.९ लिटर डीटीआई–टेक डिजेल एमजी–६ रेञ्जको कारमा प्रयोग गर्यो ।
-सन् २०१३ मा नै कम्पनीले साङ्घाई अटो–शोमा एमजी सीएस कन्सेप्ट सार्वजनिक गर्यो । यही वर्ष कम्पनीले एमजी–३ को बिक्री–वितरण सुरु गर्यो ।
-२०१४ मा एमजीले स्थापना भएको ९० वर्षको अवसर पारेर एमजी ३, सिल्भर स्टोन र एमजी ६ को लिमिटेड एडिसन सार्वजनिक गर्यो ।
-अक्टोवर २०१४ मा एमजीले बीटीसीसी म्यानुफ्याक्चरर च्याम्पेनसिप जित्न सफल भयो ।
-२०१५ मा कम्पनीले न्यू एमजी–६ सार्वजनिक गर्यो । साथै, कम्पनीले लन्डनमा फ्ल्याग्सीप शोरुमसमेत स्थापना गर्यो । त्योसँगै कम्पनीले अहिले यूरो ६ स्ट्याण्डर्डको इञ्जिनमा कार उत्पादन गर्दैआएको छ ।
-कम्पनीले एमजी जीएस र जेडएसको उत्पादन २०१६ बाट सुरु गरेको हो । अब एमजीले आफ्नो सम्पूर्ण ध्यान एमजी मोसनमा लगाएको छ ।
-सन् २००८ पछि बेलायती बजारमा एमजीको बिक्री क्रमिकरुपमा बढ्दै गएको छ भने चिनियाँ बजारमा २०१७ मा कम्पनीले १ लाख ४० हजार हाराहारीमा कार बिक्री गरेको छ । त्यसैगरी, २०१८ को ५ महिनामा १ लाख २९ हजार कार चिनियाँ बजारमा बिक्री भइसकेको छ ।


