काठमाडौं । हिरोको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम)ले डाउन पेमेन्ट बीना नै हिरोको कुनै पनि मोटरसाइकल तथा स्कुटर दिने स्कीम संचालन गर्ने भएको छ ।
कम्पनीले चैत २१ र २२ गते काठमाडौंको सल्लाघारीमा एक्सचेन्ज मेला आयोजना गर्ने तयारी गरेको छ । कम्पनीले एक्सचेन्ज क्याम्पमा नै नयाँ एक्सपल्स २०० फोर भी मोडल पनि सार्वजनिक गर्ने भएको छ ।
हिरोले हाइवे पर्फमेन्स सुधार गर्न ल्याएको एक्सपल्स २०० फोर भी नेपालमा पनि निकै प्रतिक्षा गरिएको मोडल हो ।
एनजीएमले संचालन गर्ने मेगा एक्सचेन्जमा पुरानो मोटरसाइकल तथा स्कुटरमा १० हजार थप मूल्याङ्क दिने जनाएको छ ।
हिरोले नेपालमा विक्री गर्दै आएको एक्सपल्स, स्प्लेन्डर, ग्ल्यामर, हंक, एचिभर जस्ता मोटरसाइकल र प्लेजर, ड्यूट लगायतका स्कुटर विक्री वितरण गर्दै आएको छ ।

