काठमाडौं । नेपाल राष्ट्र बैंकको आयात रोक्ने निर्देशनपछि धेरै किसिमका व्यवसायमा लगानी गरेका व्यापारी/व्यवसायीहरू चिन्तित हुन थालेका छन् । त्यसमध्ये वार्षिक १ खर्ब रुपैयाँ हाराहारीको आयात हुने अटोमोबाइल क्षेत्रमा भने निकै ठूलो भूकम्प नै गएको छ ।
सरकारले एकाएक आयात बन्द गरेसँगै सबै व्यवसायीहरू यस्तो बन्द कति समयसम्म हो भन्दै राष्ट्र बैंक, अर्थमन्त्रालय र प्रधानमन्त्रीसम्म नै कुरा लिएर जान थालेका छन् ।
उनीहरू अनिश्चितकालका लागि आयात बन्द गर्न लागेको हो भने नीतिगत निर्णय गरेर जानु पर्ने होइन भने समय तोक्नु पर्ने मुख्य माग लिएर हिँडेका छन् ।
यसैसन्दर्भमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष ध्रुव थापालाई हामीले अटोसम्वादमा ल्याएर राष्ट्र बैंकको मौखिक निर्देशन, अहिलेको अवस्था र भोलि व्यवसायीले गर्नु पर्ने काम के हुन् भन्ने विषयमा कुराकानी गरेका छौं । अध्यक्ष थापासँगको कुराकानी हेर्नुहोस् भिडियोमा ।


