‘सुपर शोको’को नयाँ वर्ष अफरः डाउन पेमेन्ट नचाहिने, मासिक किस्ता ४ हजार

काठमाडौं । सुपर शोकोले विक्री गर्दै आएको इलेक्ट्रीक मोटरसाइकल डाउन पेमेन्ट बिना खरिद गर्न सकिने स्कीम सार्वजनिक भएको छ । कम्पनीले शून्य डाउन पेमेन्टमा नै इलेक्ट्रीक मोटरसाइकल खरिद गर्न सकिने स्कीम ल्याएको हो ।

सुपर शोको इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक वितरक डि–लाइफस्टाइलले नयाँ वर्ष २०७९ को अवसरमा उक्त स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको यो स्कीममा ग्राहकले नगद १५ हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, यो योजना अन्तर्गत कम्पनीले एक्सचेन्ज स्कीमसमेत दिएको छ ।

ग्राहकले कुनैपनि ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग सुपर शोकोको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । यसरी एक्सचेन्जमा आउने ग्राहकले मासिक ४ हजार १ सय ९५ रुपैयाँ मासिक किस्तामा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने छन् । त्यसको लागि ५० प्रतिशत डाउन पेमेन्ट बापतको रकम पुग्नु पर्ने हुन्छ ।

कम्पनीका अनुसार यो योजना चैत्र २४ देखि बैशाख ३१ गतेसम्म संचालन हुनेछ । सुपर शोकोका मोटरसाइकल तथा स्कुटरहरुमा २ वर्षको वारेन्टी कम्पनीले प्रदान गर्दै आएको छ ।


Back_to_top