ग्लोबल एनक्याप क्र्यास टेष्टः हुन्डाई क्रेटा र आई २० ले पायो ३ स्टार

काठमाडौं । हुन्डाईले भारतमा उत्पादन भएको क्रेटा र आई २० को पहिलो पटक ग्लोबल एनक्यापमा क्र्यास टेष्ट गराएको छ । कोरियन निर्माताले गराएको क्र्यास टेष्टमा दुबै मोडलको वेस भेरियन्ट समावेस गरिएको थियो ।

हुन्डाईले क्रेटाको इ भेरियन्टलाई परिक्षण गरेको हो । सुरक्षा फिचरको हिसावले यो भेरियन्टमा अगाडि दुई एयरब्याग मात्रै उपलब्ध रहेको छ । ग्लोबल एनक्यापको परिक्षणमा प्रतिघन्टा ६४ किलामिटरको रफ्तारमा गाडी क्र्यास गरिएको थियो ।

ग्लोबल एनक्यापले अधिकतम १७ अंकमा बयस्कको लागि सुरक्षा मापन गरेको थियो । जसमा क्रेटाले ८ अंक पाएको थियो भने बच्चाको लागि ४९ अंकमा २८.२९ पाएको थियो । ग्लोबल एनक्यापले बयस्क र बच्चा दुबैको लागि ३ स्टार रेटिङ प्रदान गरेको हो ।

यसअघि क्रेटाकै प्लेटफर्ममा बनेको किया सेल्टोसले पनि वेस भेरियन्टको परिक्षणमा ३ स्टार रेटिङ नै पाएको थियो ।

हुन्डाईले आफ्नो प्रिमियम ह्याचव्याक कार आई २० को पनि ग्लोबल एनक्यापमा परिक्षण गराएको छ । आई २० ले पनि परिक्षणमा ३ स्टार रेटिङ नै पाएको छ । यद्यपि, क्रेटाको भन्दा आई २० ले पाएको स्कोर भने बढी छ ।

आई २० लाई पनि क्रेटाको जस्तै ६४ किलेमिटर प्रतिघन्टाको स्पीडमा क्र्यास गराइएको थियो । उक्त क्र्यासको नतिजा एडल्ट प्यासेन्जरको हकमा १७ मा ८.८४ र चाइल्ड सुरक्षामा ४९ अंकमा ३६.८९ अंक सहित ३ स्टार रेटिङ पाएको हो । आई २० को पनि वेस भेरियन्टको परिक्षा गरिएको हो ।


Back_to_top