काठमाडौं । बाग्लुङमा क्रसफायर मोटरसाइकलको सोरुम संचालनमा आएको छ । क्रसफायरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी क्लासीक ह्वील एक्सर्पोट एण्ड इम्पोर्टले बाग्लुङ बजारमा नयाँ सोरुम संचालनमा ल्याएको हो ।
कम्पनीले सोरुम उद्धघाटन कार्यक्रममा मोटरसाइकल स्टन्ट कार्यक्रम तथा सास्कृतिक कार्यक्रमसमेत आयोजना गरेको थियो ।
क्लासीक ह्वीलले नयाँ डिलरका लागि आह्वान समेत गरेको छ । कम्पनीले झापा, दाङ, कैलाली र चितवनमा नयाँ डिलरशिपका लागि आह्वान गरेको हो । त्यस्तै कम्पनीले देशैभर आफ्नो सर्भिस नेटवर्क विस्तार गर्ने तयारीसमेत गरेको छ ।
क्रसफायरको हाल देशका मूख्य शहरहरुमा सोरुम स्थापना गरेर विक्री वितरण गर्दै आएको छ ।
नेपाली बजारमा क्रसफायरका चार मोडल विक्री हुँदै आएको छ । क्रसफायर ट्रेकर २५०, आरएम २५०, एचजे २५० र जिआर ७ विक्री गर्दै आएको छ । क्रसफायरका मोटरसाइकलहरु ३ लाख ७५ हजारदेखी ७ लाख ४८ हजार रुपैयाँमा उपलब्ध छन् ।


