पल्सर सिरिजमा नयाँ दुई मोडल थपिने

तस्विर पल्सर २५०

एजेन्सी । बजाजले पल्सर सिरिजमा नयाँ दुई मोटरसाइकलको पेटेन्ट दर्ता गराएसँगै नयाँ मोडलको चर्चा बढेको छ । बजाज अटोले पल्सर एलन र पल्सर एलिगेन्जा दुई मोडलको पेटेन्ट दर्ता गरेको हो ।

कम्पनीले दर्ता गराएको यी दुई पेटेन्ट नयाँ मोडलको हो वा अहिले नै बजारमा रहेका मोडलका विशेष भेरियन्टको हो भन्ने एकिन भएको छैन ।

बजाज अटोले सन् २०२१ को मे महिनामा पल्सर २५० सिरिजमा दुई मोडल सार्वजनिक गरेको थियो । भारतमा यी दुबै मोडल चर्चामा रहेको भएपनि नेपाली बजारमा उपलब्ध भएको छैन ।

बजाजले दुई सिलिण्डरमा आधारित मोटरसाइकल बजारमा ल्याउने योजना बनाएको रिपोर्ट अघिल्लो वर्षनै सार्वजनिक भएको थियो । सम्भवत कम्पनीले नयाँ दर्ता गराएको पेटेन्ट त्यहि मोटरसाइकलको पनि हुन सक्छ । यी सबै हामीले गरेको अनुमान मात्रै हो । यसका विषयमा कम्पनीले आधिकारीक कुनै जानकारी दिएको छैन ।

जसरी भारत बाहेक ७० भन्दा धेरै देशमा बजाजका मोटरसाइकल विक्री वितरण हुन्छन्, त्यसरी नै कम्पनीलाई प्रिमियम मोडल ल्याउनु पर्ने दावाव रहेको छ । त्यही अनुसार नै कम्पनीले नयाँ नयाँ मोडलको तयारी गरेको हुन सक्ने भारतीय संचार माध्यमले उल्लेख गरेका छन् ।


Back_to_top