काठमाडौं । सरकाले ल्याएको नयाँ बजेटले २०० सीसीसम्मका मोटरसाइकलमा कर चलाएको छैन । कर नचलाएकै कारण २५० सीसीभन्दा माथिका मोटरसाइकल बराबर नै पावर भएका मोटरसाइकलको मूल्य बढ्ने छैनन् ।
सरकारले ल्याएको आर्थिक वर्ष २०७९/८० बजेटले पावर सेग्मेन्टका मोटरसाइकलमा अत्याधिक कर बढाएको छ । बजेटले २५० सीसीदेखि माथिका मोटरसाइकलमा भन्सारमा ठूलो वृद्धि गरेको हो ।
नयाँ बजेटले कर वृद्धि गरेसँगै यामाहाले नेपालमा स्थापना गर्न लागेको विग बाइक शोरुममा अन्योलमा परेको कम्पनी स्रोतले जनाएको छ । विग बाइकमा धक्का लागेपनि १५५ सीसी सेग्मेन्टमा आउने यामाहाका प्रिमियम मोटरसाइकलमा भने त्यसको असर पर्ने छैन ।
यामाहाले नेपाली बजारमा पावरप्याक पर्फमेन्स भएका मोटरसाइकल यामाहा आर १५ भर्सन थ्री, यामाहा एमटी १५, यामाहा आर १५ एम र यामाहा आर १५ भर्सन ४ विक्री गरिरहेको छ ।

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले आर १५ भर्सन ४ केही समयपछि विक्री सुरु गर्ने तयारी गरेको छ । केही दिनअघि मात्रै कम्पनीले आर १५ एमको विक्री सुरु गरेको थियो ।
बजेटले यामाहाका १५५ सीसी पावर मोटरसाइकल सेग्मेन्टमा विक्री गर्ने यी मोटरसाइकलको मूल्यमा कुनै असर गर्ने छैन । यामाहाले विक्री गर्ने यी चारवटै मोडलका मोटरसाइकल सेग्मेन्टमै सार्वधिक पावरफुल छन् ।
सबै मोडलमा १५५ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, भीभीए इन्जिन रहेको छ । यो इन्जिनले यो सेग्मेन्टमा नै सर्वाधिक धेरै १८.४ पीएस पावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यी मोटरसाइकलमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।


